तनावसँग जुध्न के गर्ने ?

Share this news

काठमाडौँ — जीवनमा धेरै चुनौती र संघर्षहरू आइरहन्छन् । जीवनका यीनै कठिनाइहरूलाई हामीले कसरी सामना गछाौ भन्ने कुरा महत्तवपूर्ण हुन्छ । हाम्रा कठिनाइहरू सामना गर्ने प्रक्रियाले नै हामीलाई बलियो बनाउन सक्छ वा नकारात्मक बानीहरूमा फसाउन सक्छ । तनावपूर्ण परिस्थितिहरू सामना गर्न मानिसहरू सचेत भएर वा अवचेतन रूपमा विभिन्न उपायहरू अपनाउाछन् । ती उपायलाई ‘कोपिङ् मेकानिजम’ भनिन्छ । तनावपूर्ण समय सामना गर्न मानिसहरूमा विभिन्न सोचाइ आउने वा विभिन्न व्यवहारहरू देखाउने हुन सक्छ ।

यसले असहजिला परिस्थितिहरूका नकारात्मक असरहरू कम गर्न मद्यत गर्छ । तर सबै तरिकाहरू उपयोगी हुादैनन् । विज्ञहरूका अनुसार कोपिङ मेकानिजम वा कठिनाइ सामना गर्ने तरिका सहि नभएमा दीर्घकालिन समस्याहरू पनि निम्ताउन सक्छ । यिनीहरू दुई प्रकारका हुन्छन् : स्वस्थ वा लाभदायी तरिका जस्लाई हेल्दी कोपिङ मेकानिजम पनि भनिन्छ र अस्वस्थ वा हानिकारक तरिका जस्लाई अनहेल्दी कोपिङ मेकानिजम पनि भनिन्छ ।

तनाव सामना गर्ने अस्वस्थ तरिकाहरू ती उपायहरू हुन्, जुन मानिसहरू तनाव, चिन्ता वा भावनात्मक पीडा व्यवस्थापन गर्न प्रयोग गर्छन् । तर ती दीर्घकालीन रूपमा हानिकारक हुन्छन् । यस्ता व्यवहारले तत्कालिन रुपमा राहत दिन सक्छ, तर समयसागै नकारात्मक असर पार्छ ।

माइन्डवेल सलुसन्सकी सह–संस्थापक र मनोविद् नम्रता सिंह क्षेत्रीकाअनुसार अत्यधिक रिस देखाउनु, लागू औषधको प्रयोग गर्नु, समाजबाट टाढिनु, अत्यधिक खानु, समस्याबाट भाग्नु, समस्या नै अस्वीकार गर्नु, आफैंलाई वा अरूलाई हानि पुर्‍याउनु जस्ता व्यवहार तनाव सामना गर्ने अस्वस्थ तरिकाहरू हुन् ।
मानिसहरूले विभिन्न कारणहरूका आधारमा समस्यासाग सामना गर्ने तरिकाहरू विकास गर्छन् । जस्तै जैविक, वातावरणीय, मनोवैज्ञानिक, सांस्कृतिक, परिस्थितिजन्य, र जीवनशैलीसम्बन्धी कारकहरूबाट मानिसहरूको कोपिङ मेकानिजम विकास हुन्छ । विगतका अनुभव र सिकाइका आधारमा यस्ता तरिकाहरू विकास हुन्छ ।

तनाव सामना गर्ने अस्वस्थ तरिकाहरू विकास हुनुका केही मनोवैज्ञानिक कारणहरू छन् । अस्वस्थ तरिकाहरू मानसिक स्वास्थ्य समस्याहरू जस्तै चिन्ता, डिप्रेसन जस्ता अवस्थासाग पनि सम्बन्धित हुन सक्छन् । त्यसैगरी दुर्व्यवहार, उपेक्षा वा ठूलो क्षति भोगेका व्यक्तिहरूले यसलाई बच्ने उपायको रूपमा अपनाउन सक्छन् ।
तनाव सामना गर्ने अस्वस्थ तरिकाहरूले छोटो समयको लागि राहत दिन सक्छन्, तर लामो समयमा गम्भीर समस्या निम्त्याउन सक्छन् ।

क्षेत्रीका अनुसार तनाव सामना गर्ने अस्वस्थ तरिकाहरूले शारीरिक स्वास्थ्यलाई पनि असर गर्न सक्छन् । आत्महत्या गर्ने सोच, लागूऔषध दुर्व्यसन, अनियन्त्रित खानपान जस्ता समस्याहरू निम्तिन सक्छन् । यसबाहेक, रिस नियन्त्रण गर्न नसक्नु, समाजबाट टाढिनु जस्ता व्यवहारले तनाव, चिन्ता, डिप्रेसन, र पारिवारिक तथा सामाजिक सम्बन्धमा अस्थिरता ल्याउन सक्छ ।
त्यस्तै यदी हामी अस्वस्थ तरिकाहरूमा भर पर्छौं भने, दीर्घकालीन रूपमा तनाव व्यवस्थापन गर्ने राम्रो उपायहरू सिक्न गाह्रो हुन्छ । साथै, यस्तो व्यवहारले आर्थिक समस्या र कानुनी झमेलाहरू पनि ल्याउन सक्छ । त्यसैले, मानसिक स्वास्थ्यको लागि स्वस्थ र सकारात्मक तनाव व्यवस्थापन गर्ने तरिकाहरू अपनाउनु जरुरी छ ।
तनाव व्यवस्थापन गर्न प्राय मानिसहरू अत्यधिक स्क्रिन स्क्रोल गर्ने, सोसियल मिडियामा कन्टेन्ट हेरेर समय बिताउने, तनावमुक्त गराउने खालका कन्टेन्टहरू हेर्ने जस्ता उपाय अपनाउन सक्छन् । यसरी मानिसहरूले समस्यालाई समाधान होइन बेवास्ता गर्ने बानी बस्छ ।

यस्तो बानीले मानसिक समस्या निम्ताउँछ । यसले थकान, झर्को लाग्ने बानी, ध्यान केन्द्रित गर्न गाह्रो हुने, अनियमित निन्द्रा र आत्मविश्वासमा कमी जस्ता समस्याहरू ल्याउन सक्छ । विज्ञहरूका अनुसार धेरै व्यक्तिहरूलाई तनावपूर्ण समयसाग जुध्न अस्वस्थ तरिकाहरू अपनाउने गरेको महसुस हुादैन । त्यसैले अस्वस्थ तरिकाहरू छोड्न कठिन हुन सक्छ ।

अस्वस्थ बानी हटाउन आत्मचेतना, धैर्यता र सहयोग आवश्यक हुन्छ । पहिलो चरणमा, यस्ता व्यवहार उत्पन्न गर्ने सोच वा परिस्थितिहरू पहिचान गर्नुपर्छ । साथीभाइ, परिवार वा परामर्शदातासाग सहयोग लिनुले पनि सहयोग हुन सक्छ ।

तनाव व्यवस्थापनका लागि डायरी लेख्ने, सिर्जनात्मक अभिव्यक्ति, माइन्डफुलनेस तथा योग वा ध्यान जस्ता विश्राम विधिहरू उपयोगी हुन सक्छन् । विस्तारै अस्वस्थ बानीहरूलाई स्वस्थ बानीले प्रतिस्थापन गर्दै जानुले मानिसलाई स्वस्थ बानीहरू बिकास हुन्छ ।

क्षेत्रीका अनुसार केही चिकित्सकीय विधिहरूले अस्वस्थ प्रतिकार्य विधिहरू सुधार गर्न मद्दत गर्छन् । जस्तैः ‘कग्निटीभ विहेवियरल थेरापी’ले नकारात्मक सोच र भावनात्मक प्रतिक्रियाहरू पहिचान गरी स्वस्थ बानीहरू विकास गर्न मद्दत गर्छ, ‘डायलेक्टिकल विहेवियरल थेरापी’ले भावनात्मक नियन्त्रण, तनाव सहने क्षमता र माइन्डफुलनेसमा केन्द्रित हुन्छ, ‘ट्रमा फोकस्ड थेरापी’ले विगतका आघातलाई सम्बोधन गर्दै मानसिक स्वास्थ्य सुधार गर्न सहयोग गर्छ । यस्ता उपायहरूले स्वस्थ बानी निर्माण गर्न सहयोग गर्छ ।


Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ