मुण्डाकोठीमा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न

Share this news

सोनादा, (निसं): रंगबुल धोतरिया रङ्मुक समष्टि, मुण्डाकोठी ग्राम पञ्चायत अनि सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मुण्डाकोठी प्राथमिक पाठशाला भवनमा सम्पन्न भएको छ। कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान, ओसी सोनादा आउट पोष्ट योगेस ठकुरी, एएसआई आनन्द श्रेष्ठ, एसआई निरज सुन्दास, जोरबंगलो पुलिस थाना, मुण्डाकोठी ग्राम पञ्चायतको पञ्चायत प्रधान, उप प्रधान, सदस्यहरु, मुण्डाकोठी उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापिका सुधा राई लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई प्रकाश राईले सञ्चालन गरेका थिए भने स्वागत भाषण शैलेन्द्र राईले राखेका थिए। कार्यक्रममा विद्यार्थीहरु र स्थानीय विभिन्न समाजका मानिसहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सोनादा पुलिस आउट पोष्टको ओसी योगेस ठकुरीले ड्रग्स रोकथामको लागि सचेतना गराउँदै ड्रग्सको दल दलमा कसरी फसिन्छ भन्दै यसबाट जोगिने उपायहरु विषयमा जानकारी गराएका छन्‌‍। उनले ड्रग्स रोकथामको लागि समाजहरु पनि जागरुक भएर अघि आउनु पर्ने र समाजले मिलेर ड्रग्स रोकथामको लागि पहल गर्नु पर्ने बताएका छन्‌‍। कार्यक्रममा जोरबंगलो पुलिस थानाका एसआई निरज सुन्दासले साईबर क्राइम विषयमा सचेतना गराउँदै अनलाइन ठगीबाट जोगिनुपर्छ र अनलाईनमा जताभावी क्लिक गर्नु हुँदैन र जोगिनु पर्छ भनी बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ