टिकेन नेप्सेको वृद्धि, फेरि २७ सयमुनि

Share this news

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २ हजार ७ सयभन्दा मुनि झरेर बन्द भएको छ । गत साताका अन्तिम तीन कारोबार दिन लगातार बढेर बन्द भएको नेप्से यो साता पहिलो र देस्रो दुवै दिन घटेको छ । यससँगै सोमबार समग्र नेप्से २ हजार ७ सयभन्दा तल ओर्लिएर बन्द भएको हो ।

आइतबारको तुलनामा सोमबार नेप्से ७.७५ अंकले घटेको छ । गत बिहीबार २६.४९ अंकले बढेर नेप्से २ हजार ७ सय २२.७३ बिन्दुमा उक्लिएको थियो । गत साता सात कारोबार दिनपछि नेप्सेले २७ सय बिन्दु पार गरेको थियो । तर गत आइतबार १६.६८ अंकले घटेर नेप्से २ हजार ७ सय ६.०४ बिन्दुमा ओर्लिएको थियो । आइतबारको तुलनामा ०.२८ प्रतिशतले घटेर सोमबार नेप्से २ हजार ६ सय ९८.२८ बिन्दुमा ओर्लिएको छ ।

पछिल्ला दिनमा सेयर बजारमा अपेक्षाविपरीत प्रवृत्ति देखिएको जानकार बताउँछन् । कुनै दिन बिनाकारण नेप्से उच्च अंकले बढिरहेको हुन्छ भने कुनै दिन उच्च अंकले ओरालो लाग्छ ।

यस्तो प्रवृत्तिले अझै पनि नेपालको पुँजीबजार परिपक्व हुन नसकेको एक सेयर ब्रोकरले जनाए । त्यसै पनि सेयर बजार सट्टेबाजीमै चल्ने बजार हो । तर पनि थोरै धेरै अनुमानयोग्य त हुनुपर्थ्यो तर नभएको ती अधिकारीको भनाइ छ ।

अर्थतन्त्र शिथिल छ । यसको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा परेको छ । त्यसबाहेक सेयर बजार घट्नुपर्ने कुनै कारण नभए पनि लगातार घट्ने गरेको ती अधिकारीले बताए । सोमबार कारोबारमा आएकामध्ये ११२ कम्पनीको सेयर मूल्य बढ्यो भने १३३ वटाको घट्यो, एउटा कम्पनीको स्थिर रह्यो । कुल ७८ हजार ६ सय ७८ पटकको सेयर कारोबारमा २ करोड १२ लाख ३ हजार ७ सय ६६ कित्ता सेयर खरिदबिक्री भएको छ । ती किनबेचबाट ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबारको तुलनामा कारोबार रकम बढेको नेप्सेले जनाएको छ । आइतबार ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कुल १३ उपसमूहमध्ये बैंकिङ, वित्त कम्पनी, लघुवित्त, जीवन बिमा, निर्जीवन बिमा, व्यापार र अन्यको परिसूचक घटे । व्यापार ७०.४४, फाइनान्स २६.१७, अन्य २३.८८, जीवन बिमा २२.१५ र निर्जीवन बिमा १९.६९ अंकले घटेको छ ।

विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन र म्युचअल फन्ड उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ । जसअनुसार जलविद्युत् २७.३६ र विकास बैंक २४.६६ अंकले बढेको नेप्सेको भनाइ छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ९.९९, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९९, कर्पोरेट विकास बैंकको ९.८८, युनिभर्सल पावर कम्पनीको ९.८० रन नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ९.०७ प्रतिशतले बढेको नेप्सेको तथ्यांक छ ।

गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को ७.७५, एनएमबी हाइब्रिड फन्ड (दोस्रो) को ७.७०, नेपाल एसबीआई बैंकको ४.१७, विन नेपाल लघुवित्तको ४.०२ र ग्रिन डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशतले सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, युनिभर्सल पावर कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर र एनआरआएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंक अघि रह्यो । ङादी ग्रुप पावरको ५३ करोड ९९ लाख, युनिभर्सल पावर कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार पनि सबैभन्दा बढी सेयर कारोबार जलविद्युत् उपसमूहअन्तर्गतका कम्पनीको भएको छ । यो उपसमूहको कुल ४ अर्ब ४७ करोड ९० लाख, लगानीको १ अर्ब २२ करोड २५ लाख ३१ हजार र लघुवित्तको २४ करोड १ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले बताएको छ ।


Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ