टाँसी साम्तेनलिङ गुम्बामा शुक्रवारदेखि पाँच दिवसीय बज्रगुरु मन्त्र जप एवं पूजा आरम्भ

Share this news

खरसाङ,  (निसं): खरसाङ्को मन्टभियट रोडमा रहेको भएको छ। गुरु पद्म सम्भवको जन्म जयन्ती पालन गर्दै यसै अवसरमा आयोजना गरिएको यो बज्रगुरु मन्त्र जप एवं पूजा आगामी 4 अगस्तसम्म चल्नेछ। शुक्रवार पूजाको विधिवद आरम्भ गर्दै गुम्बाका धर्मगुरु लामाहरूद्वारा बौद्ध मन्त्रोच्चारणको साथमा पूजा पाठको कार्यक्रम सम्पन्न गरियो। शुक्रवार बिहान 930ः बजेदेखि मध्याह्नसम्म साङ सोलख अनि त्यसपछि बज्रगुरु मन्त्र जप बेलुकासम्म सम्पन्न गरियो। तामाङ बुद्धिष्ट एसोसिएशन तथा टाँसी साम्तेनलिङ गुम्बा सञ्चालन समितिका अध्यक्ष युएस तामाङले बताए अनुसार गुम्बामा 1 अगस्तदेखि 4 अगस्तसम्म बज्रगुरु मन्त्र जप सम्पन्न गरिनेछ। 4 अगस्तको दिन छेचू अर्थात दशमी पूजाको आयोजना गरिनेछ। 4 अगस्तको दिन रंगबुल गुम्बाका धर्मगुरु खेम्पो ग्याल्छेन तामाङ गुम्बामा उपस्थित रहनेछन्‌‍। यसै दिन दिउँसो 1 बजेर 30 मिनटदेखि खेम्पो ग्याल्छेन तामाङ्को बाहुलीबाट दिर्घायुको आशीर्वाद वाङ्‌‍ वितरण गरिनेछ। युएस तामाङले गुम्बा सञ्चालन समितिले आगामी समयमा पनि यस्ता धेरै पूजा एवं धार्मिक कार्यक्रमहरूको आयोजना गर्ने पनि बताएका छन्‌‍। यस पूजामा तामाङ बुद्धिष्ट एसोसिएशनका पदाधिकारी अनि सदस्यहरू, अखिल भारतीय तामाङ बौद्ध संघका प्रतिनिधि अनि सदस्यहरू, म्हाणिपा संघका पदाधिकारी अनि सदस्यहरू साथै अन्य विभिन्न संघ-संस्थाका पदाधिकारी अनि सदस्यहरूको सहभागिता रहेको छ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ