जीर्ण र चिप्लो बाटोको कारण झल्न पर्दैछ समस्या

Share this news

खरसाङ, 21 जुलाई (निस): खरसाङ नगरपाकिला अन्तर्गत वार्ड नम्बर 5 अनि वार्ड नम्बर 8 को सिमाना क्षेत्रमा रहेको बाटो अति जीर्ण बनेको छ। यो बाटो दबिएकोले ढिल तर्फ ढल्किएको अवस्थामा रहेको छ। बर्खाको समयमा बाटोमा लेउ लागेकोले बाटोमा हिँड़नलाई अझ बढ़ी जोखिमपूर्ण बनेको छ़। स्थानीय मानिसहरूले बताए अनुसार यो बाटो भएर विद्यार्थीहरू विद्यालय जाने गर्छन्‌‍, गाउँका साधरण मानिस, वृद्ध-वृद्धाहरू हिँड़ने गर्छन्‌‍। बाटो दबिएर खाल्डा बनेको अवस्थामा रहेको र त्यही माथि बर्खाको समयमा लेउ लागेकोले निकै जोखिम बनेको छ। स्थानीय वीरेन्द्र शर्माले भने, यो बाटो भएर साधरण मानिसहरू, विद्यालय जाने स-साना विद्यार्थीहरू हिँड़छन्‌‍। यो बाटोको अवस्था धेरै समयदेखि यस्तै छ, अहिलेसम्म मरमति गरिएको छैन। बर्खाको समयमा बाटोमा लेउ लाग्छ, लेउमा चिप्लिएर मानिसहरू लड़छन्‌‍, ब्लिचिङ पाउडर छर्कन पर्ने हो तर अहिलेसम्म यहाँ ब्लचिङ छर्किने कार्य भएको छैन। यहाँ मानिसहरू लड़िसकेका छन्‌‍, कसैलाई गम्भीर चोट नलागे तापनि भविष्यमा गम्भीर चोट नलाग्ला भन्न सकिन्दैन। स्थानीय मानिसहरूले यो दबिएको बाटो ठूलो वर्षाको समयमा झरेको खण्डमा छेउ-छाउका घरहरूलाई पनि जोखिम हुन सक्ने बताए। मानिसहरूले यो दबिएको बाटोको मरमति यसको धरातलबाट बलियो देवाल लगाएर गर्न आवश्यक रहेको बताउदै यसमा नगरपालिकाले ध्यान दिन आवश्यक रहेको पनि बताए। स्थानीय एक व्यक्तिले बाटोको अवस्थाको बारेमा नगरपालिकालाई जनाइएको पनि बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ