जीटीएले खरसाङमा भाषा मान्यता दिवस भव्य रुपमा पालन गर्ने

Share this news

खरसाङ, (सुवास छेत्री)ः गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन, सूचना एवम्‌‍ सांस्कृतिक विभागले जीटीएका विभिन्न क्षेत्र सरह खरसाङ्मा पनि नेपाली भाषा मान्यता दिवस भव्यताका साथ पालन गर्ने भएको छ। यसको निम्ति सोमवार यहाँको टाउन सार्वजनिक भवनमा एउटा सभा बस्यो। सभामा विशेषगरी खरसाङ्मा भाषा मान्यता दिवस कसरी पालन गरिने औ यसको निम्ति केकस्ता तयारीहरू गर्नुपर्ने भन्ने विषयमा चर्चा गरियो। खरसाङ नगरपालिका उपाध्यक्ष तथा जीटीए जनसम्पर्क अधिकारी सुवास प्रधानले सञ्चालन गरेको सभामा जीटीए सूचना एवम्‌‍ सांस्कृतिक विभागका भारप्राप्त सभासद्‌‍ अनोश थापा, कार्यकारी सभासद्‌‍ रतन थापा, श्याम शेर्पा, जनसम्पर्क अधिकारी विज्ञान मिस्त्रा,विभागीय अधिकारी गोविन छेत्री, भागोप्रमो नारी शक्ति प्रतिनिधि सबिता कार्की लगायत विभिन्न क्षेत्रका पञ्चायत सदस्यहरू अनि विभागीय सदस्यहरू उपस्थित थिए। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए सूचना एवम्‌‍ सांस्कृति विभागका भारप्राप्त सभासद्‌‍ अनोश थापाले यसवर्ष पनि जीटीएले आफ्नो क्षेत्रमा महिनाव्यापी रुपमा पाँचवटा स्थानमा भव्यतासाथ नेपाली भाषा मान्यता दिवस पालन गर्ने भएको जानकारी गराए। तिनले यसै अन्तर्गत खरसाङ्मा पनि आगामी 21 अगस्त स्थानीय विद्यार्थीहरूमाझ कविता आवृत्ति प्रतियोगिता गरिने तथा खुल्ला कविगोष्ठीको आयोजना गरिने बताए। तिनले त्यसदिन खरसाङ शहरमा सर्वप्रथम बिहान 10 बजीदेखि एउटा विराठ ऱ्याली निकालिने औ त्यसपछि यहाँको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा एक विशेष कार्यक्रमको आयोजना गरिने बताए। थापाले विद्यार्थीहरूको कविता आवृत्ति प्रतियोगितासँगै कवि गोष्ठीको पनि आयोजना गरिने जनाउँदै यी कार्यक्रमहरूमा सबै नागरिकहरूलाई उपस्थित भइदिने आग्रह गरेका छन्‌‍। तिनले आह्वान गर्दै हामीले हाम्रो भाषाको संरक्षण र जगेरा गर्नुपर्छ भन्दै त्यसदिन बिहान नौ बजीनै भेला भइदिने आग्रह गरेका छन्‌‍। त्यस कार्यक्रममा भेला भएर कार्यक्रमलाई सफल पारिदिने अनुरोध पनि थापाले गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ