जतासुकै गाड़ी पार्किङ गर्दा बढ़दैछ समस्या

Share this news

खरसाङ, (निसं)ः खरसाङ्मा कुनै सार्वजनिक पार्किङ स्थल छैन, पार्किङ स्थल नभएपछि चालकहरूले शहरदेखि विभिन्न वार्डहरूमा जाने बाटो, पंखाबारी रोड, कप्तान रामसिंह ठकुरी पथ, डाउहिल रोड, मन्टभियट रोड, आईएनए बस टर्मिनशमा वाहन पार्किङ गर्ने गरेका छन्‌‍। यी विभिन्न स्थानमा वाहन पार्किङ गर्दा अति ध्यान पुऱ्याएर वाहन पार्किङ गर्नु पर्ने आवश्यकता देखिएको छ। खरसाङ्को विभिन्न मार्गमा यसरी वाहन पार्किङ गर्दा अन्य वाहन चालक, जनसाधरण र कुनै समय सानो रेललाई समेत समस्या हुने गरेको पाइएको छ। आइतवार खरसाङ्को टुरिष्ट लज नजिक एउटा वाहन यसरी लापारवही पूर्ण तरिकाले राखिएकोले यस्तै समस्या सृजना भएको थियो। उक्त स्थानमा उकालो जाने बाटोमा पार्किङ गरिएको एउटा कारले गर्दा सानो रेल छिर्न सकेन। रेल चालकले रेल रोकेर निकै समय पर्खनु परेको थियो। दार्जीलिङ तर्फबाट आएको उक्त रेललाई रेल चालकले बलजफ्ति त्यहाँबाट पार गराएको भए त्यहाँ राखिएको नयाँ कार क्षतिग्रस्त हुने थियो। रेल चालकले रेल रोकेर गाड़ी क्षति हुनबाट जोगाए तथापि यस स्थानमा रेल रोकिन्दा रेलमा सवार पर्यटक, यो बाटो भएर हिँड़ने मानिसहरू, यो बाटोमा गाड़ी कुदाउने चालक र यात्रीहरूले समस्याको सामना गर्न पऱ्यो। यसरी गाड़ी रोकेर राखिएकोमा आपत्ति जनाउदै स्थानीय समाजसेवी निर्मला बराइलीले यसरी गाड़ी रोकेर राख्न नहुने बताइन्‌‍, तिनले उक्त घटनाको भिडियो आफ्नो सामाजिक सञ्जालमा पनि पोष्ट गरिन्‌‍। केही समयपछि चालक आएर उक्त गाड़ी त्यहाँबाट हटाएका थिए।

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

आजको रोजाइ