घैयाबारी 1 ग्राम पञ्चायत क्षेत्रमा एसडब्लुएम अन्तर्गत फोहोर- मैला उठाउने अनि व्यवस्थापन गर्ने कार्य आरम्भ

Share this news

खरसाङ,27 जुन (मोहन प्रसाद):अ घैयाबारी 1 ग्राम पञ्चायत प्रधान रिना छेत्रीको नेतृत्वमा बिहीवार घैयाबारी 1 ग्राम पञ्चायत क्षेत्रको विभिन्न स्थानमा सोलिड वेस्ट म्यानेजमेन्ट योजना अन्तर्गत फोहोर- मैला उठाउने अनि व्यवस्थापन गर्ने कार्य गरियो । यस अवधि उक्त विषयमा पत्रकारहरूसित बोल्दै पञ्चायत प्रधान रिना छेत्रीले जनाए अनुसार, तिनीहरूले पञ्चायतको दायित्व ग्रहण गरेपछि नै घैयाबारी 1 ग्राम पञ्चायतका सबै सदस्य अनि कर्मचारीहरू क्षेत्रको विभिन्न विषय-वस्तु अनि समस्यालाई गम्भीरता पूर्वक लिँदै जनमानसको हितमा अघि बढ़िरहेका छन्। क्षेत्रमा जताभाबी फ्याँकिएको फोहोर-मैला उठाउने कार्य पनि तिनीहरूद्वारा गरिने गरिएको थियो साथै विभिन्न ठाउँबाट उठाइएको फोहोर-मैलालाई सठीक ठाउँमा डम्पिङ गरिने कार्य पनि गरिएको थियो। अबोप्रान्त प्रत्येक बिहीवार खरसाङ पञ्चायत समितिबाट उपलब्ध गराइएको एसडब्लुएम वाहन मार्फत् घैयाबारी 1 ग्राम पञ्चायत क्षेत्रमा रहेका विभिन्न मैला ढ्वाङबाट फोहोर-मैला उठाइनेछ एवं हालैमा गाड़ीधुरामा सञ्चालन भएको एसडब्लुएम प्लास्टिक युनिटमा ती फोहोर- मैलालाई व्यवस्थापनको निम्ति लगिनेछ। त्यति मात्र होइन छेत्रीले थप जनाए अनुसार, तिनको क्षेत्रको विभिन्न मैला ढ्वाङबाट प्रत्येक बिहीवार मैला उठाइने छ भनी जनसाधारणलाई गरिएको छ। जताभाबी फोहोर-मैला नफ्याँकिदिने पनि पञ्चायत मार्फत अपिल गरिएको छ। मैला ढ्वाङ अघि नचाहिँदो सामग्री नफ्याँकिदिने पनि तिनले अपिल गरिन्। तिनले भनिन्, सबैको सहयोगमा हामी आफ्नो घर-समाज र ठाउँलाई स्वच्छ अनि सुन्दर राख्न सक्छौँ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ