चिम्नी देवराली ग्राम पञ्चायत कार्यालय उद्घाटन

Share this news

खरसाङ, 20 जुलाई (निस): 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि अन्तर्गत चिम्नी देवराली ग्राम पञ्चायत कार्यालयको नव निर्मित भवनको विधिवत उदधाटन आइतवार गरिएको छ। सिमष्टि को सभासद्‌‍ श्याम शेर्पा, खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री, खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ पञ्चायत समिति सदस्य दिनेश तामाङ, ग्राम पञ्चायत प्रधान विमल तामाङ, उपाप्रधान अनुपा सुब्बा, ग्राम पञ्चायत सदस्यहरू, ग्राम पञ्चायत कार्यालयका कर्मचारीहरू अनि विभिन्न सङ्घ-संस्थाका सदस्यहरूको उपस्थितिमा सम्पन्न एक कार्यक्रममा कार्यालय भवनको उद्घाटन गरिएको हो। कार्यक्रममा बौद्ध धर्मगुरु लामाहरूबाट पूजा-पाठ गरिएको थियो। पूजाको कार्यक्रमपछि ग्राम पञ्चायत प्रधान विमल तामाङ्को बाहुलीबाट नरिवल फुटाए अनि सभासद्‌‍ श्याम शेर्पा, पञ्चायत समिति सभापति अनु छेत्री अनि खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीको बाहुलीबाट पर्दा उठाएर रिबन काटी भवनको उद्घाटन गरिएको थियो। कार्यक्रममा अतिथिहरूलाई खदा अर्पण गरेर फूलको गुच्छा प्रदान गरी सम्मान अनि स्वागत जनाइएको थियो। कार्यक्रममा स्वागत भाषण पञ्चायत प्रधान विमल तामाङले राखेका थिए भने कार्यक्रमको सञ्चालन अनिल राईले गरेका थिए। कार्यक्रममा खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती अनि सभासद्‌‍ श्याम शेर्पाले वक्तव्य राखेका थिए भनी भागोप्रमो प्रचार प्रसार सदस्य रूपेश देवानले जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ