गोर्खा संस्कृति केन्द्र निर्माणको लागि अनित थापालाई ज्ञापन पत्र

Share this news

खरसाङ, (निसं): अनुसूचित जाति संयुक्त मञ्चले गोर्खा संस्कृति केन्द्र निर्माणको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई ज्ञापन पत्र बुझाएका छन्‌‍। उक्त ज्ञापन पत्र सभासद प्रणाम रसाइलीको माध्यमबाट बुझाइएको छ। उक्त ज्ञापनमा संयुक्त मञ्चले अनुसूचित जातिको विभिन्न सांस्कृतिक बाजा गाजाहरु संरक्षण र सम्बर्द्धनको लागि गोर्खा संस्कृति केन्द्र स्थापना गर्न माग गरिएको छ। उक्त गोर्खा संस्कृति केन्द्र निर्माण टोलीमा अनुसूचित जाति संयुक्त मञ्चको सभापति राजेस गजमेर, उप सभापति गोपाल सेवा, सचिव प्रभात गजमेर, सह सचिव कल्याण बगदास, कुबेर सार्की, कोषाध्यक्ष लिला सिंह विश्वकर्म लगायत 6 जना कार्यकारी सदस्यहरु उपस्थित रहेका थिए। उक्त गोर्खा संस्कृति केन्द्र निर्माण विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै सभापति राजेस गजमेर र सचिव प्रभात गजमेरले गोर्खा जातिको विलुप्त हुँदै गएको सांस्कृतिक बाजा गाजाहरु जस्तै बादल, नौमति बाजा लगायत अन्यको संरक्षण र सम्बर्द्धनको लागि गोर्खा संस्कृति केन्द्र निर्माणको आवश्यकता रहेको र यसको लागि जीटीए प्रमुखलाई अघिबाटै संस्थाले भेट गरिसकेको बताए। दुवैले नौमति बाजा र मादलको संरक्षण र सम्बर्द्धनको लागि कसैले पनि गोर्खा संस्कृति केन्द्रमा रिसर्च गर्न सक्ने जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ