गोर्खा जनपुस्तकालयको आयोजनामा पाद्री गंगा प्रसाद प्रधानको 174 औँ जन्म जयन्ती पालन

Share this news

खरसाङ, 4 जुलाई (निसं)ः गोर्खा जनपुस्तकालयको आयोजनामा 174 औँ पाद्री गंगा प्रसाद प्रधान जन्म जयन्ती पालन गरियो। पुस्तकालयका अध्यक्ष रवीन कुमार प्रधानको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा पुस्तकालय कार्यकारिणी समितिका वरिष्ठ सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू गोर्खा जातीय विभूति उद्यानमा भेला भएर पाद्री गंगा प्रसाद प्रधानको सालिगमा धुपदीप प्रज्जवलन गरी माल्यार्पण गरेका थिए। कार्यक्रममा पुस्तकालयका अध्यक्ष रवीन कुमार प्रधानको साधमा पुस्तकालयका वरिष्ठ सदस्य तिलक शर्मा, एलडी मोक्तान, विनोद प्रकाश खर्मा, जीबी बल, आईएन शर्मा, श्री शारदा संगीतालयका प्रतिनिधिहरू नवराज ब्राह्मण, प्रितम कुमार छेत्री, असीत राई साहित्यिक मञ्चका अध्यक्ष एवं गोर्खा जनपुस्तकालयका पूर्व सहसचिव, वर्तमान कार्यकारिणी समिति सदस्य ऋषि राई, मञ्चका सदस्य अरुण लामा अनि अन्यान्य उपस्थित रहेका थिए। कार्यक्रममा वक्तव्य राख्दै पुस्तकालयका अध्यक्ष एवं कार्यक्रम अध्यक्ष रवीन कुमार प्रधानले पाद्री गंगा प्रसाद प्रधान जयन्ती पुस्तकालयको वार्षिक कार्यक्रम अन्तर्गतको कार्यक्रम रहेको बताए। तिनले विविध परिस्थितिको कारण जयन्ती भव्यताको साथमा पालन गर्न पुस्तकालय असमर्थ रहेको भए तापनि पुस्तकालयका कार्यकारिणी समिति सदस्यहरू, विभिन्न संघसंस्थाका सदस्यहरू भेला भएर श्रद्धा पूर्वक पाद्री गंगा प्रसाद प्रधान जयन्ती पालन गरिएको बताए। प्रधानले भने, आज हामी पाद्री गंगा प्रसाद प्रधानको 174 औँ जन्म जयन्ती पालन गरिरहेका छौँ। कतिपय कारणले हामीले भव्य रुपमा यस पल्ट पाद्री गंगा प्रसाद प्रधानको जन्म पालन गर्न असमर्थ बन्यौँ। आज यस कार्यक्रममा पुस्तकालय कार्यकारिणी समितिका कतिपय वरिष्ठ सदस्यहरू पनि उपस्थित हुन सकेनन्। हामीले आज पाद्री गंगा प्रसाद प्रधानले अनुसरण गरेका धर्म सम्प्रदायका सदस्यहरूको पनि अनुपस्थिति अनुभव गरिरहेका छौँ। यो कार्यक्रम पुस्तकालयको वर्षभरी गरिने कार्यक्रमहरूको एक कार्यक्रम हो। हामीले विभिन्न विभूतिहरूको जयन्ती मनाउने प्रथा बसालिसकेका छौँ। गोर्खा जनपुस्तकालयले पहाड़मा चलेको आन्दोलन, कोराेना काल जस्ता विकट परिस्थितिहरूमा पनि विभिन्न विभूतिहरूको जन्म जयन्ती पालन गरेकै हो। अनुसन्धानकर्ताहरू अनुसार, दार्जीलिङका नेवार पाद्री गंगा प्रसाद प्रधानको गोर्खा प्रेसबाट नेपाल बहिरको पहिलो खबर कागत गोर्खे खबर कागत सन् 1901 देखि 1931 सम्म लगतार छापिएको थियो। यसरी तत्कालनि समय पाद्री गंगा प्रसाद प्रधानले लगतार 30-31 वर्षसम्म गोर्खे खबर कागत चलाएर पत्रकारिताको अद्भूत नमुना प्रस्तुत गरेका थिए। गोर्खा जनपुस्तकालयले 2020 मा पाद्री गंगा प्रसाद प्रधानको पूर्णाङ्ग सालिकर स्थापना गरेर एउटा ऐतिसाहिक कार्य गरेको छ। पुस्तकालयका पूर्व सह सचिव एवं असीत राई स्मृति साहित्यिक मञ्चका अध्यक्ष ऋषि राईले भने, 4 जुलाई 1851 मा काठमाण्डुको ठमेरलमा माता राजमती अनि पिता रुपनारायण प्रधानको कोखबाट जन्मिएका पाद्री गंगा प्रसाद प्रधान कान्छा छोरा थिए। त्यस समय नेपालमा राणा शासन थियो, राणा शासनमा साधरण मानिसहरूलाई जिउन साह्रै गाह्रो रहेको कारण पाद्री गंगा प्रसाद प्रधानको परिवार सन् 1861 मा दार्जीलिङ आएर गिङ कमानमा बस्न थालेको हो। पाद्री गंगा प्रसाद प्रधान चिया बगानमा काम गर्थे, 19 वर्षसम्म तिनले स्कूलै देखेका थिएनन्। एक दिन फादर मेक फर्लेन घुम्दै आउँदा 19 वर्षका तिक्ष्ण बुद्धि भएका केटोले पढ़न नपाएको बुझेपछि पाद्री गंगा प्रसाद प्रधानलाई पढ़ाउन लगेका थिए। पछिबाट पाद्री गंगा प्रसाद प्रधानको पढ़ाइ छुटेको पनि थियो तर पुनः फादरले तिनलाई पढ़ाउनको निम्ति लगेका थिए। पाद्री गंगा प्रसाद प्रधानले नेपाली साहित्य अनि नेपाली पत्रकारिता जगतलाई त्यस समय धेरै दिएर गएका छन्। आज हामीले तिनलाई यसरी स्मरण गर्नु हाम्रो कर्तव्य हो। कार्यक्रममा अन्यान्यले पनि वक्तव्य राखेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ