गोरामुमोद्वारा सोनादामा शहीद दिवस पालन

Share this news

सोनादा, 27 जुलाई(निसं): गोरामुमो सोनादा टाउन कमिटीद्वारा सोनादा बजारमा शहीद टाँशी भोटियाको शहीद वेदीमा दिप प्रज्वलन र खदा माला लगाएर गोरामुमोले शहीद दिवस पालन गरेकोछ। खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री लगायत गोरानास, गोरायुमो अनि कार्यकर्ताहरुको उपस्थितिमा 1986 देखि 2017 सम्म जाति र माटोको उन्मुक्तिको निम्ति शहीद बनेका वीर योद्धाहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन्‌‍। यसै क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै भुपेन गुरुङले भने, गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका वीर योद्धाहरुको सपना केवल गोर्खाल्याण्ड हो 1986 सालको आन्दोलनमा गोर्खाल्याण्ड प्राप्तिको निम्ति गोर्खाहरुले आन्दोलन गरेका थिए तर सोझै गोर्खाल्याण्ड नहुने बुझेरनै गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले आन्दोलनलाई स्थगित गर्दै दागोपापमा सम्झौता गरेका थिए। त्यो हाम्रो किपट थियो सुवास घिसिङ्को राजनैतिक दुरदर्शिता अनि कुटनैतिकको कारण गोर्खाल्याण्ड सम्म पुग्नको निम्ति बाटो अपनाएर छैटौं अनुसूची मार्फत गोर्खाल्याण्ड सम्म पुग्ने लक्ष्य पुग्ने सोचलाई 2007 मा आएर दार्जीलिङ्मा जन्मेको राजनैतिक दलहरुले गोर्खाहरुको सपना चकनाचुर बनाईदियो र अहिले पनित्यही दलहरुमा सत्तामा छन्‌‍ । छैटौं अनुसूचीको बिरोध गरेर त्यो भन्दा ठूलो संवैधानिक ब्यवस्था ल्याउनु पर्ने थियो तर ल्याउनु सकेन। 18- 20 वर्षको अन्तरालमा हामीले सबै गुमायौँ। हाम्रो युवा पीडिहरुको समय नष्ट भयो। आज हामी लथालिङ्ग भएका छौं। पहाडमा अहिले पाँच डेसिमल जमीनको कुराहरु चलिरहेका छन्‌‍। यसको सुरक्षाको निम्ति यदि तत्काल गोर्खाल्याण्ड दिनु सक्दैन भने वर्तमान परिस्थितिमा छैटौं अनुसूची उपयुक्त रहेका छन्‌‍। र वर्तमान समय पहाडमा सबैले छैटौं अनुसूचीको विषयमा बोलिरहेका छन्‌‍। यसकारण हामी केन्द्रमा रहेको बीजेपी सरकारलाई पनि अपिल गर्दछौं। गोर्खाल्याण्ड अहिले नै दिनु नसकेको खण्डमा पहाडमा छैटौं अनुसूची लागू गरोस्‌‍ भनी भुपेन्द्र गुरुङले जनाएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ