गोजमुमो-द्वारा निरक्षण,पुल मर्मत कार्य आरम्भ 

Share this news

रिम्बिक,19 जुलाई(निसं): गोर्खा जनमुक्ति मोर्चा रिम्बिक लोधोमा समष्टिको एक टोलीले आज भत्किएको सिरीखोला ब्रीज प्रोटेकसन वाल-को स्थलगत भ्रमण गरेको छ। केही दिन अघि उक्त पुलको वाल चर्किएको थियो भने यस विषयलाई केन्द्र गर्दै हाल पुन निर्माणको कार्य अघि बडिरहेको छ। यस्तोमा गोजमुमो नेता नरेन्द्र काम्बाङको अगुवाईमा रहेको टोलीले पुलको सुरक्षालाई मध्यनजर गर्दै कुनै प्रकार लापरबाही हुन नदिने बताएको छ। पुलको वास्तविक  वस्तुस्थिति अध्ययन र निरिक्षण गर्दा  ब्रिजको फाउण्डे सनलाई भविष्यमा हुने समस्यालाई ध्यानमा राखी विभागीय पहलको माग टोलीले गरेको छ। यस क्रममा काम्बाङले विभागले पुननिर्माणको साथ कडा कार्यवाही गरिने भनिएतापनि हालसम्म विभागको पक्षबाट स्थलगत भ्रमण भने नभएको बताए। उनले, पुलको अवस्थालाई लिएर स्थानीय सभासद नोर्देन शेर्पाले चाडो कार्वाहीको निम्ति विभागलाई पत्रचार गरेकोमा आभार प्रकट गर्दै सभासदको पहल सकारात्मक रहेको बताए। काम्बाङले घटनालाई कतिपय स्थानीय समाजिक संजालले सामान्य बताएकोमा खेद प्रकट गरे।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान