खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी

Share this news

खरसाङ, 15 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको दशौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भएरहेको यस टुर्नामेन्टको दशौँ दिनको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत खेलियो। यस खेलमा केएफसी अनि जेआर 32 एफए माझ भिड़न्त भएको थियो र यो खेल एकतर्फी सावित भयो। केएफसीका खेलाड़ीहरूले खेलको अवधिभर आफ्नो दबाव बनाइराखे भने जेअर 32 का खेलाड़ीहरूले कतिपय समयमा खेलमा आफ्नो दबाव बनाउे प्रयास गरे तापनि केएफसीका खेलाड़ीहरूले ती सबै प्रयास विफल तुल्याइदिए। यस खेलमा केएफसीका खेलाड़ीहरूले 9 गोल गरे भने जेआर 32 का खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्‌‍। फलस्वरुप यो खेल केएफसीले शुन्यको विरुद्ध 9 गोल गरेर जितेको छ। दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत युकेएफसी अनि त्रिशुली संघमाझ सम्पन्न भयो। यस टुर्नामेन्टमा दुवै दलका खेलाड़ीहरूले आफ्नो असल खेलको प्रदर्शन गर्दै खेले। यस खेलमा युकेएफसीका खेलाड़ीहरूले 6 गोल गरे भने त्रिशुली सङ्घका खेलाड़ीहरूले 3 गोल मात्र गर्न सके, यसरी यो खेल युकेएफसीले 3 गोलको विरुद्ध 6 गोल गरेर जितेको छ। खरसाङ फुटबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त तत्वावधानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको मंगलवार सम्पन्न दशौँ दिनको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू सुरेश गुरुङ, नितेश देवान, केवान राई अनि प्रशान्त राईले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ