खरसाङ महाविद्यालयमा नेपाली भाषा मान्यता दिवस साथै भानु जयन्ती स्मृति दिवस पालन

Share this news

खरसाङ, (निसं): खरसाङ महाविद्यालयमा 34 औँ नेपाली भाषा मान्यता दिवस साथै 211 औँ भानु जयन्ती स्मृति दिवस समारोह आयोजना गरिएको छ। महाविद्यालयका प्राचार्य डा. समीर बलको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा गोर्खा जनपुस्तकालय खरसाङ्का अध्यक्ष रवीनकुमार प्रधान प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने गोर्खा जनपुतकालयका उपाध्यक्ष प्रकाश प्रधान, पूर्व अध्यक्ष साथै वरिष्ठ समाजसेवी तिलक शर्मा, सहसचिव गोमा सुब्बा विशिष्ट अतिथिका रूपमा आसिन थिए। नेपाली विभाग, सांस्कृतिक उप समिति साथै आन्तरिक गुणस्तर प्रमाणन प्रकोष्ठका संयुक्त आयोजनामा आयोजित उक्त समारोहमा नेपाली भाषा मान्यताको इतिहास र भानुभक्त आचार्यको भाषिक एकीकरणको योगदानबारे नेपाली विभागका वरिष्ठ प्राध्यापक गङ्गाप्रसाद शर्माले मुख्य वक्ताका रूपमा प्रकाश पारेका थिए। उनले नेपाली भाषा मान्यताको इतिहासको संघर्ष 1956 भन्दा अघिबाटै सुरु भएको बताउँदै इतिहासको पुनर्लेखन हुनु पर्ने बताए। गोर्खा जनपुस्तकालय खरसाङले नेपाली भाषा मान्यताको अधुरो इतिहासलाई लिएर काम गर्न सक्ने भन्दै आफूले त्यसमा पूर्व सहयोग गर्ने आश्वासन दिए। उनले नेपाली भाषाको संरक्षण र संवर्द्धन नेपाली पढाउने र पढ्ने शिक्षक र विद्यार्थीहरूको मात्र जिम्मेवारी नभएर महाविद्यालयका सबै शिक्षक अनि विद्यार्थीहरूको पनि हो भने। शर्माको उक्त प्रस्तावनालाई शिरोपर गर्दै प्रमुख अतिथिको मन्तव्यमा गोर्खा जनपुस्तकालय खरसाङ्का अध्यक्ष रवीनकुमार प्रधानले आफूहरू यस विषयमा गम्भीर हुने आश्वासन दिँदै भाषा सङ्ग्रामीहरूको स्मरण गरे। विद्यार्थीहरूले भानुभक्त आचार्यको भाषिक योगदानलाई जान्नैपर्ने कुरा हो भन्दै उनले भानुभक्त आचार्यको योगदानमाथि जानकारीमूलक टिपोट प्रस्तुत गरे। कार्यक्रमको अध्यक्षीय मन्तव्यमा प्राचार्य डा. समीर बलले नेपाली भाषा मान्यता दिवस र भानु जयन्ती स्मृति दिवसको शुभ कामना र बधाई दिँदै नेपाली भाषा मान्यताको संघर्षमा खरसाङ महाविद्यालयले पनि योगदान गरेको स्मरण गरे। पूर्व प्राचार्य डा. कुमार प्रधानले भाषा आन्दोलनमा बहुमूल्य योगदान गरेको हो भनी प्रसंशा व्यक्त गरे। नेपाली भाषा मान्यता आन्दोलनमा खरसाङले गरेको योगदानको कतै चर्चासम्म नभएको उनले दुःख व्यक्त गरे। यसै सन्दर्भमा खरसाङ्का भाषा सङ्ग्रामी प्रेमकुमार आलेको स्मरण गरे। प्राचार्यले प्राध्यापक शर्माको प्रस्तावना सान्दर्भिक छ भन्दै उक्त विषय पुनः दोहोराए। कार्यक्रममा विद्यार्थीहरूले रामायण पाठ गरे भने हिमाल खवास, तृषा लामा, राजदीप छेत्रीले स्वरचित कवितापाठ गरेका थिए। कवि विकास गोतामेको शब्द र स्वर्गीय सफल थापाको सङ्गीतमा प्रस्तुत ‌‘हामीलाई घाम मनपर्छ‌’ बोलको गीत महाविद्यालयका प्राध्यापक डा. दावा शेर्पा, प्रा. दिपेन शेर्पा र प्रा. सतीस तामाङले गाएर सुनाए भने बिजार्ड्स सांस्कृतिक समूहका विद्यार्थी आयुष छेत्री, अशिण कर्मचारी कर्ण सुनारले आफ्नो गीत प्रस्तुत गरेका थिए।प्रेमसाङ लामा, रिया भुजेल, सलीना रसाइली अनि दीक्षा राईले सुन्दर नृत्य प्रस्तुत गरे । यसै क्रममा डा. दावा शेर्पाले कवि अगमसिंह गिरीको ‌‘तिमी त यहाँ नचिनिने भएछौ‌’ कविता पाठ गर्दै वर्तमानमा भइरहेको भाषिक अतिक्रमणप्रति चिन्तन राख्दै आफ्नो भाषाप्रति सबै सचेत रहने आह्वान पनि गरे । प्रा. दिपेन शेर्पाले पारिजातको ‌‘आन्दोलन‌’ कविता रोचक ढङ्गमा वाचन गरेर कविताको औचित्यबारे प्रकाश पारे। कलेज कोरसका साथ प्राध्यापक डा. सपन प्रधानद्वारा स्वागत मन्तव्यबाट आरम्भ गरिएको सो कार्यक्रमको सञ्चान प्रा. सोनाम लामाले गरे भने धन्यवाद ज्ञापन समापन डा. दावा शेर्पाले गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ