अहिले खरसाङ बजारमा मानिसहरू हतियार बोकेर आउँदैछन्‌‍

Share this news

खरसाङ, (निसं): अहिले खरसाङ बजार आउँदा कतिपय मानिसहरूले हतिया बोकेर आउने गरेका छन्‌‍। खरसाङ बजारमा बाँदर र कुकुरको संख्या बढ़ेको र बजारका बाँदर र कुकुरले मानिसहरूलाई आक्रमण गर्ने गरेको, बाँदरले सामानहरू खोसेर लगिदिने गरेकोले मानिसहरूले यसरी हतियार लिएर आउने गरेका छन्‌‍। तथापि यस्ता हतियार कुनै धारिलो हतियार अथवा आग्नेयास्त्र भने मानिसहरूले बोक्ने गरेका होइनन्‌‍, आफ्नो ब्यागमा क्याटपूल्ट अथवा क्याटिस अनि लौरो लिएर मानिसहरू बजार आउने गरेका छन्‌‍। खरसाङ बजारका व्यापरीहरूले पनि अहिले बाँदर धपाउनको निम्ति आफ्नो दोकानमा क्याटपूल्ट राख्ने गरेका छन्‌‍। रातिको समयमा आफ्नो कामबाट घर फर्किन्दै गरेका डुमाराम निवासी एक व्यक्तिल राति बाटोमा हिँड़दा कुकुरले निकै सताउने गरेकोले आफूले लौरो लिएर हिँड़ने गरेको बताए। तिनले भने, अहिले राति हिँड़न निकै गाह्रो भइसकेको छ। बाटोमा थुप्रै भुस्याहा कुकुरहरू भेटिन्छन्‌‍, कतिपय भुस्याहा कुकुरले भुक्दै पछि पछि आउने अथवा झम्टिने गर्छ। यसैले निकै रात परेको छ भने लौरो लिएर हिँड़न पर्छ। मन्टभियट निवासी एक व्यक्तिले वर्तमानमा बजार आउँदा क्याटिस लिएर आउन पर्ने अवस्था रहेको बताउदै क्याटिस देखाउन साथै बाँदर भाग्ने गरेको बताए। यसरी खरसाङ बजार आउँदा क्याटपूल्ट लिएर आएकी एक महिलाले केही दिन अघि आफ्नो सामाजिक सञ्चाल प्रोफाइलमा एउटा भिडियो पोष्ट गर्दै वर्तमानमा खरसाङ बजारमा बाँदरको आक्रमण र उपद्रवदेखि बाँच्नको निम्ति आफूले क्याटपूल्ट वा क्याटिस बोकेर आउने गरेको बताएकी थिइन्‌‍। खरसाङ बजारमा बाँदर अनि भुस्याहा कुकुरको समस्या पुरानो समस्या भइरहेको छ। बाँदरको कारण खरसाङ्का सबै मानिस समस्यामा छन्‌‍ भने भुस्याहा कुकुरको कारण पनि मानिसहरूले समस्याको सामना गर्न परिरहेका छन्‌‍। खरसाङ महकुमा अस्पतालमा बाँदरको आक्रमण अनि कुकुरको टोकाईबाट घाइते बनेका मानिसहरू नियमित आउने गरेको त्यहाँका स्वस्थ्य कर्मचारीहरूले बताएका छन्‌‍। खरसाङ्मा रहेको बाँदर अनि भुस्याहा कुकुरको समस्या समाधान गर्नको निम्ति सम्बन्धित निकायहरूले योजना बनाएर काम गर्नु पर्ने आवश्यकता देखिएको छ भने जनसाधरणको पनि यही माग छ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ