के हो ‘गुड ब्वाई सिन्ड्रोम’ ?

Share this news

काठमाडौँ — बालबालिकामा आफूले सधैं राम्रो व्यवहार गर्नैपर्छ, आमाबुवा, शिक्षक वा समाजको सबै अग्रजहरुको अपेक्षाहरु पूरा गर्नैपर्छ भन्ने खालका सोच आउन सक्छ । विशेषगरी केटाहरुमा यस्तो सोच व्याप्त हुनुलाई ‘गुड ब्वाई सिन्ड्रोम’ भनिन्छ । सुरुमा यस्ता कुरा राम्रो हो जस्तो लाग्न सक्छ । वास्तवमा यो धेरै जटिल र चिन्ताजनक पनि हुन सक्छ ।

सीएमसी–नेपाल (सेन्टर फर काउन्सेलिङ एन्ड मेन्टल हेल्थ) की मनोविद् आरती गुरुङले यससँग जोडिएका मुख्य मानसिक कारण र सामना गर्ने उपायहरूबारे चर्चा गरेकी छन् ।

गुड ब्वाई सिन्ड्रोमका लक्षण
गुड ब्वाई सिन्ड्रोम भन्नाले यस्तो बानीलाई जनाउँछ जहाँ कुनै बच्चा, विशेषगरी केटा, सधैं अरूलाई खुसी पार्नुपर्छ भन्ने सोच राख्छ । जस्तैः आमाबुवा, शिक्षक वा साथीहरूको अपेक्षा पूरा गर्नुपर्छ भन्ने सोच । यस्ता बच्चाहरू नियम कडाइका साथ पालना गर्न खोज्छन्, झगडा वा बहसबाट टाढा रहन्छन् र आफूलाई असहज वा दुःख लागे पनि ‘हुँदैन’ वा ‘गर्दिनँ’ भन्न गाह्रो मान्छन् ।

उनीहरू अरूलाई निराश पार्नु हुँदैन भन्ने डरमा बस्छन् र आफूलाई सधैं आज्ञाकारी र सफल बन्न दबाव दिन्छन् । सधैं अरूलाई खुसी पार्न खोज्ने, रिस वा झन्झटजस्ता भावना देखाउन नखोज्ने, गल्ती गर्न डराउने, आफ्नो पक्षमा नबोल्ने, उमेरभन्दा बढी जिम्मेवार देखिने जस्ता बानीव्यवहार यसका सामान्य संकेतहरू हुन् ।

समयक्रममा, यस्तो सोचले चिन्ता, कम आत्ममूल्य र आफ्ना भावना बुझ्न वा व्यक्त गर्न गाह्रो हुने जस्ता समस्या निम्त्याउन सक्छ ।

कारणहरु के हुन् ?
यो प्रायः परिवारको अपेक्षा, विद्यालयको दबाव र सामाजिक मान्यताको मिश्रणबाट विकास हुन्छ । उदाहरणका लागि, जब आमाबुबाको धेरै अपेक्षा हुन्छ वा शिक्षकहरू बच्चालाई सधैं राम्रो गर्न दबाब दिन्छन्, तब ती बच्चाहरू सोच्न थाल्छन्, ‘माया पाउन र सबैबाट स्वीकारिन सधैंजसो परिपूर्ण हुनैपर्छ ।’

केही परिवारमा राम्रो व्यवहारलाई माया पाउने तरिका भनेर हेरिन्छ, जसले गर्दा बच्चाहरूले अस्वीकृत हुने डरले आफ्नो सााचो भावना लुकाउँछन् । समाजले पनि केटाहरूले बलियो हुनुपर्छ, भावना लुकाउनुपर्छ भन्ने सिकाउँछ, जसले गर्दा उनीहरूमा आत्मविश्वासको कमी देखिन्छ र ‘गुड ब्वाइ सिन्ड्रोम’का लक्षणहरु देखिन्छन् ।

बालबालिकाको मानसिक स्वास्थ्यलाई कसरी असर गर्छ ?
गुड ब्वाई सिन्ड्रोमले बच्चाको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यस्ता बच्चाले रिस वा दुःखजस्ता भावना लुकाउँछन् । उनीहरुलाई यी भावना देखाउदा आफू ‘राम्रो मान्छे’ जस्तो नदेखिन सक्छु भन्ने डर हुन्छ । उदाहरणका लागि, बच्चाले सोच्न सक्छ ‘यदि मैले आफू दुःखी भएको देखाएँ भने, अरूले मलाई राम्रो केटा भनेर हेर्दैनन् ।’

यी भावना व्यक्त गर्नुभन्दा, उनीहरू मनभित्र थुनिरहेका हुन्छन् । जसले गर्दा उनीहरूमा आन्तरिक तनाव बढ्छ । समयसँगै, यस्तो व्यवहारले चिन्ता, आत्मविश्वासको कमी र निर्णय लिन गाह्रो हुने समस्या निम्त्याउन सक्छ । उनीहरूले आफूले लिएको निर्णयमा बारम्बार शंका गर्न थाल्छन् ।

विभिन्न अनुसन्धानका अनुसार जब बच्चाहरूले नियमित रूपमा आफ्नो भावना लुकाउँछन्, उनीहरूमा चिन्ता, डिप्रेसन र बर्नआउट (थकाइ वा मानसिक थकावट) हुने जोखिम बढी हुन्छ ।

सन् २०२३ मा प्रकाशित ‘जर्नल अफ एफेक्टिभ डिसर्डर्स’को एक अध्ययनका अनुसार आफ्ना भावना लुकाउने बच्चाहरूमा समस्या सामना गर्ने सीप कमजोर हुन्छ, जसले गर्दा उनीहरूलाई तनाव व्यवस्थापन गर्न थप गाह्रो पर्छ । यसले गर्दा बाहिरबाट हेर्दा उनीहरू असल व्यवहार गर्ने देखिए पनि, भित्री रूपमा भने उनीहरू थकित, डराएको र आत्मशंकाले भरिएको अवस्थामा हुन्छन् ।

‘गुड गर्ल सिन्ड्रोम’ वा ‘नाइस गाई सिन्ड्रोम’सँगको तुलना
गुड ब्वाई, गुड गर्ल वा नाइस गाई सिन्ड्रोममा धेरै मिल्दोजुल्दो पक्ष देखिन्छन् । मूल कारण प्रायः एउटै हुन्छ । अरूलाई खुसी पार्ने दबाब, राम्रो देखिनुपर्ने चाहना र आफू वास्तविक रूपमा कस्तो महसुस गरिरहेको छु भन्ने कुरा लुकाएर अरुको स्वीकृति खोज्ने प्रयासले यस्ता समस्या विकास गर्छ ।

उदाहरणका लागि, केटीहरूले सधैं नम्र हुनुपर्छ, अरूलाई नराम्रो नलागोस् भनेर चुप लाग्नुपर्छ भन्ने महसुस गर्छन् भने केटाहरूले यो दबाब ‘नाइस गाई सिन्ड्रोम’का रूपमा वयस्क जीवनसम्म बोकेर जान्छन् ।

डा. रोबर्ट ग्लोभरले आफ्नो पुस्तक ‘नो मोर मिस्टर नाइस गाइ’मा लेखेका छन् कि यस्तो समस्याबाट गुज्रिएका मानिस प्रायः आफ्नै आवश्यकता र भावना बेवास्ता गर्ने गर्छन् जसकारण असन्तुष्ट र अधुरो महसुस गर्छन् ।

उनीहरूलाई आफ्नो अरु व्यक्तिसँगको सीमा निर्धारण गर्न, भावना व्यक्त गर्न र ‘नो’ भन्न गाह्रो हुन्छ । यसकारण उनीहरुको व्यक्तिगत सम्बन्ध र करियर दुवैमा समस्या निम्ताउन सक्छ ।

अभिभावकले के गर्न सक्छन् ?
सबै आमाबाबु र बच्चा हेरचाह गर्ने अभिभावकले गर्ने दैनिक व्यवहार र शब्दहरू धेरै प्रभावशाली हुन्छन् । बच्चाहरूलाई हामीले कसरी व्यवहार गर्छौं, प्रतिक्रिया दिन्छौं र आफू र अरूलाई कस्तो व्यवहार गर्छौं भन्ने कुरा ध्यानपूर्वक हेर्छन् ।

बालबालिकालाई भावनात्मक रूपमा स्वस्थ, आत्मविश्वासी व्यक्तित्वमा हुर्काउनका लागि सबैभन्दा पहिले अभिभावकले त्यही गुणहरू आफैंमा लागू गर्नुपर्छ । घरमा बालबालिकाले खुसी मात्र होइन रिस, दुःख वा डर पनि खुलेर व्यक्त गर्न सक्ने वातावरण बनाउनुपर्छ । उनीहरूले नाई वा हुँदैन भन्न पनि सिकाउनुपर्छ । गलत कुरालाई खुलेरै गलत भन्न सक्ने साहस विकास गराउनु महत्त्वपूर्ण हुन्छ ।

गल्ती स्वीकार गर्न सिकाउने, केवल उपलब्धिको होइन उनीहरूको कोसिसको प्रशंसा गर्ने जस्ता स–साना व्यवहारहरूले नै बच्चाको मनोवैज्ञानिक विकासमा गहिरो असर पार्छन् ।

प्रभावकारी उपाय के–के हुन् ?
सबैभन्दा प्रभावकारी उपायमध्ये एक हो ‘कग्निटिभ बिहेवियरल थेरापी’ (सीबीटी) । यसले बच्चालाई आफ्ना नकारात्मक सोचहरू चिन्न र परिवर्तन गर्न सहयोग गर्छ ।

त्यस्तै, ‘एसर्टिभ ट्रेनिङ’ पनि धेरै उपयोगी हुन्छ, जसले बच्चालाई आफ्नो भावना र आवश्यकताहरू स्पष्ट रूपमा भन्न सिकाउँछ । ‘माइन्डफुलनेस’का अभ्यास जस्तै: ध्यान वा शान्त भएर श्वास–प्रश्वासमा ध्यान दिनु पनि निकै फाइदाजनक हुन्छन् ।

बच्चालाई सहयोग गर्नु मात्र होइन, अभिभावकलाई पनि सघाउनु त्यत्तिकै जरुरी हुन्छ । अभिभावकलाई ट्रेनिङ दिने कुराले पनि यसमा ठूलो भूमिका खेल्छ । जब अभिभावकले घरमा सुरक्षित, सहयोगी र बुझ्ने वातावरण सिर्जना गर्न सिक्छन्, बच्चाहरुले आफूलाई सुरक्षित अनुभव गर्छन् र ‘सधैं राम्रो बन्नुपर्ने’ बानीबाट बिस्तारै मुक्त हुन थाल्छन् ।

सही सहयोग र समयसागै बालबालिका आफ्नो वास्तविक भावना व्यक्त गर्न सक्ने र मानसिक रूपमा स्वस्थ बानीहरू विकास गर्न सक्षम हुन्छन् ।

दीर्घकालीन प्रभावहरू के हुन्छन् ?
समयमै समाधान गरिएन भने गुड ब्वाई सिन्ड्रोमका असर वयस्क अवस्थासम्म पुग्न सक्छ । उनीहरूले आफू ‘पर्याप्त राम्रो छैन’ भन्ने जस्ता भावना विकास हुन सक्छ । सधैं अरूको अपेक्षा पूरा गर्न खोज्दा आफैं थाक्ने, ‘बर्नआउट’ हुने सम्भावना रहन्छ ।

अर्को ठूलो चुनौती भनेको उनीहरुको सम्बन्धमा आउँछ । जब कसैले सधैं अरूलाई खुसी पार्न मात्र ध्यान दिन्छन्, उनीहरु आफ्नो आवश्यकताको महत्व बुझ्न सक्दैनन् । तर, यदि समयमै सचेत गराइयो भने यी चुनौतीलाई अवसरमा बदल्न सकिन्छ । विस्तारै उनीहरू आत्मविश्वासी, सन्तुलित र आफैंप्रति इमानदार बन्न सक्छन् ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ