किन जलन भयो, समर्पित महिला सम्मानित हुँदा? : बिधायक जिम्बा

Share this news

दार्जीलिङ, 20 जुन(निसं): राजनीतिमा कहिलेकाही यस्ता क्षणहरू आउँछन्, जुन क्षणहरू केवल पद वा सत्ता होइन, आत्मा र दृष्टिकोणको उचाइमा पुग्दछ भनी बताउदै दार्जीलिङ जिल्ला भाजनि विधायक तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो)सेक्रेटरी जेनेरल निरज तामाङ जिम्बा एक प्रेस विज्ञप्ति जारी गरेका छन्।जारी प्रेस विज्ञप्तिमा विधायक जिम्बले भनेका छन्,र्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए)-द्वारा,  सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान-2025 को पहिलो सम्मान पूर्व विधायक रेणुलिना सुब्बालाई चयन गरिनु एक ऐतिहासिक क्षण हो। यो केवल एक सम्मान-पत्र होइन, यो सचेत विचारको संकेत हो, राजनैतिक  सभ्यताको प्रमाण हो, र संकेत हो कि पहाडको राजनीति अब विगतका कट्टरताहरूलाई पछाडि छोड्दै पुनर्मिलन र परिपक्वताको बाटो समात्न सक्षम भइसकेको छ।
जिम्बाले भनेका छन्, र्वप्रथम यो स्पष्ट गरौं यो पुरस्कार गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले होइन,जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनुस्ट्रेसन)-द्वारा  प्रदान गरिने छ। जीटीए एउटा निर्वाचित स्वायत्त निकाय हो, र यसले आफ्नो सन्तुलित निर्णय मार्फत राजनैतिक रूपमा विभिन्न  विचारधाराको व्यक्तित्वलाई छान्नु हिमाल जत्तिकै कठिन तर सम्मानजनक कार्य हो।आईरन लेडी-को रूपमा चिनिने रेणुलिना सुब्बाको सामाजिक सेवा, सिन्कोना बस्तीहरूको अधिकारका लागि आवाज उठाउने योगदान,जनसेवाप्रतिको निष्ठाको कदर हो।
उनले अझ भनेका छन्, रेणुलिना सुब्बाको जेठो छोरा देशभक्त सुब्बाले पत्रकार सम्मेलन गरेर पुरस्कारको विरोध गरे। उनको भनाइ अनुसार, 1986 सालको गोर्खाल्याण्ड आन्दोलनका क्रममा  सुवास घिसिङ र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले उनीहरूकै परिवारमाथि अन्याय, बहिष्कार र हत्या प्रयास गरेका थिए। उनको प्रश्न थियो त्यो नेताको नाममा सम्मान कसरी मेरो आमालाई दिने? किन हामी त्यो पुरस्कार स्वीकार्ने? जिम्बाले भनेका छन्, तर एकछिन होसमा आएर देशभक्तले सोचुन, यो पुरस्कार देशभक्तलाई होइन,उनकी आमालाई दिइएको हो।एक स्वतन्त्र र परिपक्व महिला, एक अनुभवी विधायकले यो निर्णय राजनैतिक  बौद्धिकताको आधारमा लिएको हो, परिवारिक अनुमति लिएर होइन।
आफ्नै आमाको निर्णयमाथि सार्वजनिक असहमति जनाउनु तपाईंको व्यक्तिगत अधिकार हुन सक्छ, तर यसलाई मिडियामा नाटक बनाउनु देशभक्त सुब्बा परिपक्वताको अवसान हो। यदि हरेक पुरस्कार पुराना चोटपटकको आधारमा रोक्नुपर्छ भने,नेलशन मण्डेलाले जेलरहरूसँग हात मिलाउँदैनथे,अटल बिहारी वाजपेयीले नरसिंह रावको प्रसंशा गर्दैनथे, र ममता व्यानर्जीले ज्योति बसुलाई आशीर्वाद माग्दै खुट्टा छुन्थिनन्। जिम्बाले अझ भने, अझ दुर्भाग्यपूर्ण त के छ भने, केही समाचार माध्यमहरूले यसलाई राजनैतिक बहस होइन, घरेलु धारावाहिक बनाइदिएको छ। एउटा  माताले गरिमासाथ सम्मान स्वीकृत गर्छिन्, छोराले मिडियासामु झोक देखाउँछन्, र केही पत्रकारहरूवदर्शकसंख्य बढाउनलाई यसलाई ट्रेनडिङ विवाद बनाउने कोसिस गर्छन्। सोध्न मन लाग्छ जनसेवामा समर्पित महिला सम्मानित हुँदा किन जलन भयो?
मिडियाको कर्तव्य हो, संचेत बनाउनु, होइन कि चिउरा-चटनी बनाउनु। गर्व गर्नुपर्ने कुरा के हो भने जीटीए, गोर्खा राष्ट्रिय मुक्ती मोर्चा वा भजपा नभएर, एक यस्तो शासन संयन्त्र हो, जसले विचारधारा भन्दा माथि उठेर सेवा गर्ने व्यक्तित्वलाई सम्मान गरेको छ। मुख्य कार्यकारी अनित थापा, गोरामुमो अध्यक्ष मन घिसिङ, स्वयं र सबैले यो निर्णयलाई सहर्ष स्वागत गरेका छन्।  राजनीतिमाबदुशन होइन प्रतिस्पर्धीको पनि सम्मान गरिन्छ भन्ने चेतना ल्याउने काम हो। र यसैमा साँचो लोकतन्त्रको सुगन्ध पाइन्छ म अन्त्यमा: आमाले बोल्न दिउँ, छोराले सोच्ने बानी गरौं ।रेणुलिना सुब्बाले बोलेकी छिन् , सम्मानपूर्वक, सन्तुलनपूर्वक, र स्पष्ट रूपमा।उनले सुवास घिसिङलाई दलीय विरोधी होइन, जातीय इतिहासका स्तम्भको रूपमा कदर गरे।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ