घैयाबारीमा कारगिल युध्दका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण

Share this news

तीनधारे, 27 जुलाई(निसं): भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओको आयोजनामा 1999 सालको कारगिल युध्दमा शहीद भएकाहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै घैयाबारीमा 26 औं कारगिल बिजय दिवस पालन गरिएको छ। घैयाबारीस्थित कारगिल एनजीओको कार्यालयमा आयोजित कारगिल बिजय दिवसको अध्यक्षता पूर्व लेफ्टिनेन्ट जीवनसिंह गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व सुवेदार मेजर एंव भूतपूर्व सैनिक संगठन तीनधारे महानदी समष्टिको सभापति कृष्ण प्रधान उपस्थित रहेका थिए। जयराज थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण कारगिल एनजीओको कार्यकारी सदस्य सुरज तामाङले राखेका थिए। कार्यक्रमको शुरुमा कारगिल युध्दमा शहीद बनेका वीर सपुतहरुलाई नमन गर्दै शहीद वेदीमा धुप दीप प्रज्ज्वलन गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ भने राष्ट्रिय गान गाएर सलामी पनि दिइएको छ। कार्यक्रममा कारगिल एनजीओको विषयमा सचिव देवपाल लामाले कारगिल एनजीओ र यसको विभिन्न कार्यहरु साथै कारगिल बिजय दिवस विषयमा विस्तृत जानकारी गराएका छन्‌‍। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पूर्व सुवेदार मेजर कृष्ण प्रधानले आफ्नो सम्बोधनमा भने, 1999 मा पाकिस्तानले कब्जा गरेको कारगिललाई भारतीय सेनाले जितेका थिए। यो युध्द मई 1999 को मई महिनामा शुरु भएर जुलाई महिनासम्म चलेको थियो र 26 जुलाईमा बिजय हाँसिल गरेको थियो र उक्त दिनलाई नै कारगिल बिजय दिवसको रुपमा पालन गरिने गरिन्छ। ङ्गउनले यसपाली 26 औं कारगिल बिजय दिवस पालन गर्नु पाएकोमा कारगिल एनजीओप्रति आभार प्रकट गरेका छन्‌‍। कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा उपस्थित नेताजी हाई स्कूलको प्रधान अध्यापक दिनेश प्रधानले कारगिलमा 1999 को मईदेखि जुलाईसम्म युध्द चलेको र उक्त युध्दमा भारतीय सेनाहरुले बिजय प्राप्त गरेको दिनलाई कारगिल बिजय दिवसको रुपमा पालन गर्ने गरेको जानकारी गराएका छन्‌‍। उनले घैयाबारीको कारगिल एनजीओको विगत 6 वर्षदेखि कारगिल बिजय दिवस पालन गर्दै आईरहेको जानकारी पनि गराएका छन्‌‍। उनले कारगिल एनजीओले गर्दै आईरहेको विभिन्न सामाजिक कार्यहरु विषयमा पनि चर्चा गरेका थिए कार्यक्रमलाई पूर्व सचिव गणेश तामाङ र अशोक गुरुङले पनि सम्बोधन गरेका थिए आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा कारगिल बिजय दिवस विषयमा आधारित कविता अर्जुन योञ्जनले वाचन गरेका थिए। कार्यक्रममा अध्यक्षीय सम्भाषण एंव धन्यवाद ज्ञापन अवकाशप्राप्त लेफ्टिनेन्ट जीवनसिंह गुरुङले राखेका थिए। कारगिल बिजय दिवस समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कारगिल एनजीओको उपाध्यक्ष हेमराज गुरुङ र सचिव देवपाल लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ