करवीर चिया बगानमा चितुवा लगायत अन्य जंगली जनावरको आतंक

Share this news

खरसाङ,28 जुलाई(निसं): खरसाङ बजारदेखि केही तल रहेको करवीर चिया बगानमा जंगली जनावरको आतंक बढ़ेको गुनासोहरू प्राप्त भइरहेको छ। यस चिया बगानको ठूलो पातले, सानो पातले, मन्सीधुरा गाउँमा अहिले चितुवा, ब्ल्याक पेन्थर, अजिङ्गर, बनेलको आतंक रहेको मानिसहरूले गुनासो गरेका छन्‌‍। यहाँको मन्सीधुरामा आइतवार साँझ साढ़े 6 बजेतिर एउटा ब्ल्याक पेन्थर देखिएपछि मानिसहरू आतंकित बने। एउटा घरको घुरेनमा देखिएको उक्त ब्ल्याक पेन्थरलाई मानिसहरूले धपाएको बताइएको बताएका छन्‌‍। करवीर निवासी उदय दुमीले यस बारेमा भने आइतवार साँझ साढ़े 6 बजेतिर यहाँको मन्सीधुराको एक व्यक्तिको घरमुनि घुरेनमा एउटा ब्ल्याक पेन्थर देखिएको थियो। ब्ल्याक पेन्थर देखेपछि त्यहाँका मानिसहरूले हाट-हाट, हुट-हुट गरेर त्यसलाई धपाए तर यसरी ब्ल्याक पेन्थर देखिएपछि क्षेत्रमा आतंकको वातावरण छाएको छ, मानिसहरू डराइरहेका छन्‌‍। लगभग एक महिना अघि पनि हाम्रै गाउँको माथि सेप्टिट्याङ्मा बिहानै एउटा चितुवा सुतिरहेको अवस्थामा पाइएको थियो। उक्त चितुवाको फोटो र भिडियो सामाजिक सञ्जालहरूमा पनि भाइलर बनेको थियो। तिनले अझ भने, करवीर चिया बगान क्षेत्रमा जंगली जनावरहरूको चहल-पहल विगत केही समयदेखि बढ़ेर गएको छ, दुई दिन अघि चिया बगानको 8 नम्बर ब्लकमा काम गरिरहेका श्रमिकहरूले एउटा ठूलो अजिङ्गर भेटेका थिए। अजिङ्गर देखेर श्रमिकहरू आत्तिएर भागेका थिए। यसरी जङ्गली जनावरको चहल-पहल यस चिया बगान क्षेत्रमा बढ़ेकोले मानिसहरू धेरै चिन्तित बनेका छन्‌‍। यस चिया बगानको सबै गाउँका विद्यार्थीहरू खरसङ बजारमा रहेका विद्यालयहरूमा अध्ययनको निम्ति जाने गर्छन्‌‍। कतिपय विद्यार्थीहरू ट्युसन पढ़ेर साँझको समयमा घर फर्किने गर्छन्‌‍। गाउँका कतिपय मानिसहरू आफ्नो नोकरी पेशा र अन्य कामले गर्दा साँझको समय अथवा रातिको समय घर फर्कन पर्ने हुन्छ। गाउँका मानिसहरूको शौचालय घरदेखि टाड़ामा हुन्छ, राति शौचालकको निम्ति निस्कन पर्ने हुन्छ। यसरी चितुवा, ब्ल्याक पेन्थर र अन्य जंगली जनावरको चहल-पहल यस क्षेत्रमा बढ़ेकोले हिँड़डुल गर्नलाईसम्म गाह्रो भइसकेको छ। यस बारेमा वन विभाग अथवा प्रशासनले कदल उठाइयोस भन्ने गाउँका मानिसहरूको माग छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ