कंगोको राजधानीमा भीषण वर्षापछि बाढी, कम्तीमा ३३ जनाको मृत्यु

Share this news

काठमाडौँ — कंगोको राजधानी किन्सासामा भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । आत्मरक्षाको प्रयासमा स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ प्रस्थान गरिरहेका छन् ।

भीषण वर्षा र बाढीका कारण किन्सासामा कम्तीमा ३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । पश्चिमी किन्सासामा धेरै घर शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको वर्षापछिको बाढीले बगाएको छ ।

कंगो नदीको किनारमा अवस्थित किन्सासा सहरमा १ करोड ७० लाख मानिस बसोबास गर्छन् । यो नदी विश्वकै ठूला नदीहरूमध्ये एक हो जुन देशैभरि फैलिएको छ । कंगो नदीमा बाढी आउनु सामान्य कुरा भए पनि जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा बाढी झनै बढी र खतरनाक बन्दै गएको राष्ट्रपति फिलिक्स सिसेकेडी स्वयंले चेतावनी दिइसकेका छन् ।

राजधानीका २६ वटा जिल्लाहरू बाढीबाट प्रभावित भएका छन् । सबैभन्दा बढी असर गरिब बस्तीहरू र सहरको बाहिरी भागमा परेको छ । एक स्थानीयका अनुसार पानी डेढ मिटरसम्म पुगेको छ ।

‘हामी ज्यान जोगाएर निस्किएका छौँ, तर घरभित्र धेरै कुरा फसेका छन्,’ स्थानीयलाई उद्दृत गर्दै एएफपी समाचार संस्थामा उल्लेख गरिएको छ । सरकारले ढिलो प्रतिक्रिया दिएको र पर्याप्त सहयोग उपलब्ध नगराएको थुप्रै स्थानीयको आरोप छ । उनीहरूले सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ