एमाले महासचिव भन्छन् : सरकार परिवर्तन हुने हल्ला आजबाट सकियो

Share this news

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले सरकार परिवर्तन हुने हल्ला आजबाट सकिएको बताएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताप्रति इंगित गर्दै महासचिव पोखरेलले नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजदेखि अन्त्य भएको बताएका हुन् ।

महासचिव पोखरेलले लेखेका छन्, ‘नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ ।’ उनले अब नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी हुनुपर्ने पनि बताएका छन् ।

वर्तमान गठबन्धन सरकारमा ‘समस्या’ आएको चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यसबारे आशंका मेटाउने प्रयास भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भएको छलफलमा गठबन्धनभित्र देखिएका समस्याको समाधान र आशंका मेटाउनेबारे गम्भीर गृहकार्य गर्ने निधो भएको स्रोतको भनाइ छ ।

बालुवाटार स्रोतका अनुसार भेटमा ओलीले राजनीतिक संयन्त्रमा रहेका नेताहरूबाट सरकारको सार्वजनिक रूपमा आलोचना हुनु उचित नभएको बताएका थिए । पछिल्लो समय संयन्त्रमा रहेका कांग्रेस महामन्त्री गगन थापाले सरकारले काम गर्न नसकेको भन्दै कडा आलोचना गरिरहेका छन् ।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ