ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

Share this news

सोनादा,28 जून(निसं): जीटीएको शिक्षा विभागले वर्तमान समयमा शिक्षक-शिक्षिकाहरुको लागि ई पेन्शन र ई पीएफको व्यवस्था शुरु गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद प्रकट गरिएको छ। हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय सह सचिव किरण बरदेवा, हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिका सभापति ललित मुखिया, उप सभापति पेमा लामा, महासचिव राजीव त्रिखत्री, सह सचिव रिना लामा, केन्द्रीय सदस्य प्रकाश राई, चन्दन लकान्द्री, अरुण राई, क्षेत्र कार्यकारी सदस्यहरु प्रसाद तामाङ, उषा रामुदामु, आरसीसी राई, ज्ञानेन्द्र गुरुङ आदि उपस्थित भएर शिक्षक-शिक्षिकाहरुका लागि ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएकोमा जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय सह सचिव किरण बरदेवाले पेन्शन र पीएफको लागि पूर्व शिक्षक-शिक्षिकाहरुले धेरै दुःख भोग्नु परिरहेका थिए तर जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभाग प्रभारी सभासद राजेस चौहानले शिक्षकृ-शिक्षिकाहरुको सुविधाको लागि ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएको कारणले धेरै सुविधा भएको बताएका छन्। उनले ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएकोमा जीटीए प्रमुख कार्यपाल अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। उनले प्राथमिक शिक्षा विभागको बोर्ड चेयरम्यान तिलकचनन्द्र रोका, शिक्षा विभागको कार्यकारी निर्देशक, सम्पूर्ण एसआईहरु, बड़ाबाबु, सम्पूर्ण कर्मचारीहरु साथै हिल तराई प्राथमिक शिक्षक संगठनको सम्पूर्ण पदाधिकारीहरुप्रति आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ