इण्डियन गोर्खा जनशक्ति फ्रण्टको नारी संगठन चाँड़ै गठन हुने

Share this news

खरसाङ, (मोहन प्रसाद) इण्डियन गोर्खा जनशक्ति फ्रन्टको नारी संगठनलाई लिएर एउटा सांगठनिक सभा खरसाङस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। सभामा खरसाङ महकुमा क्षेत्रको विभिन्न ठाउँबाट पार्टीका नारी कार्यकर्ता एवं समर्थकहरूको उपस्थिति रहेको थियो भने पार्टीका सेन्ट्रल वर्किङ कमिटीका सदस्य नर्बु छिरिङ भूटिया, सुरज घिसिङ, अल्फर्ड तामाङ, सनी लोप्चन, अशोक लामा, सशित थापा एवं अन्य स्थानीय नेतृत्वहरूको विशेष उपस्थिति थियो । यस अवधि पत्रकारहरूसित बोल्दै सक्रिय नारी कार्यकर्ता संगीता छेत्री अनि अप्सरा तामाङले जनाए अनुसार पहाड़को असली गोर्खे नेता अजय एडवर्ड्स हुन्‌‍। पहाड़ अनि गोर्खाको मुद्दालाई सफल तुल्याउने नेता तिनी नै हुन्छन्‌‍। तिनले भनिन्‌‍, इण्डियन गोर्ख जनशक्ति फ्रण्ट गठन भएको लगभग एक वर्ष भयो। यो एक वर्षको अवधिमा हाम्रो नेता अजय एडवर्ड्सको भिजन, कार्य, पार्टीको नीतिलाई देखेर पहाड़ लगायत समतलमा जुन प्रकारले समर्थन प्राप्त भइरहेको छ, त्यो महत्वपूर्ण विषय हो। यसैलाई मध्यनजर राख्दै खरसाङ्मा नारी संगठनको खरसाङ महकुमा समिति गठन गर्नलाई प्रक्रिया आरम्भ गरिसकेका छौँ। आगामी दिनमा चाँड़ै सभा गरेर कसरी संगठन गठन गर्न पर्ने हो, यस विषयमा हामीले चर्चा गरिरहेका छौँ। आजको सभामा यसै विषयमा चर्चा गर्दै नारी संगठनको खरसाङ महकुमा समिति गठन गर्ने प्रस्ताव पारित गरेका छौँ। तिनले जनाए अनुसार शुक्रवारको सभामा नारी सदस्यहरूको बाक्लो उपस्थिति उरस्थिति रहेको थियो। आगामी सभामा नारी सदस्यहरू व्यापक रुपमा उपस्थित रहेर अजय एडवर्ड्सको भिजन, कार्य र नीतिलाई समर्थन जनाउदै नारी संगठन गठन गरिने जनाइन्‌‍। उक्त सभामा जाति र पहाड़को हितमा अजय एडवर्ड्सलाई साथ दिँदै सबैले उपस्थिति दिने पनि तिनले आह्वान गरिन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ