आजदेखि दाउन्ने सडक दैनिक ४ घन्टा बन्द हुने

Share this news

नवलपरासी — पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नारायणढ–बुटबल सडक खण्डको दाउन्ने पहाडमा बुधबारदेखि दैनिक ४ घन्टा सडक बन्द गरी सडक बिस्तारको काम हुने भएको छ ।

जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार आजदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने छ । आउँदो वैशाख १ देखि १५ दिनसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरेर काम गर्ने प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।

राजमार्ग बिस्तारको काम हुँदा पूर्वतर्फबाट जाने गाडी दुम्कीबास, अरुणखोला, चोरमारा र पश्चिमतर्फबाट पूर्व जाने गाडी बर्दघाटमा रोकिने भएका छन् ।

पूर्व–पश्चिम जाने सवारी साधनले गैंडाकोटदेखि कालीगण्डकी करिडोर सडक (वैकल्पिक सडक) प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

बुटवल–नारायणगढ सडक बिस्तारको काम भइरहेको छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डमा पर्ने दाउन्ने पहाडको सडक १४ किलोमिटर छ । त्यहाँ दैनिक १८ हजारभन्दा धेरै गाडी ओहोरादोहोर गर्छन् । रामजार्ग बिस्तार गर्न भन्दै सडक भत्काइएका कारण त्यो १४ किलोमिटर सडक पार गर्न ३ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । राजमार्ग धुलाम्य हुँदा घन्टौं जाम हुने गरेको छ ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ