ट्राफिक पुलिस बुथ बसाउन पर्ने आवश्यकता

Share this news

खरसाङ, (निसं): खरसाङ्को अस्पताल मोड़मा एउटा ट्राफिक बुथ बसाउन पर्ने आवश्यकता देखिएको छ। यस स्थानमा एउटा ट्राफिक पुलिस बुथ हुन आवश्यक रहेको धेरै मानिसहरूको मत पनि छ। यस स्थानबाट वन्‌‍-वेको नियम अनुसार यान-वाहन वर्द्धवान रोड भएर सिलगढ़ी तर्फ पठाइन्छ। वर्तमानमा धेरै वाहान, मोटर बाईक, स्कुटीहरू सिलगढ़ी, संलग्न क्षेत्र अनि बाहिरबाट आउने गरेका छन्‌‍। नियमित पहाड़ नआउने यस्ता कतिपय गाड़ी, मोटर बाईक, स्कुटीहरू वन्‌‍-वेको नियम अनुसार वर्द्धवान रोड तर्फ नगएर राष्ट्रिय राजमार्ग तर्फ जाने गरेको पाइएको छ। यसरी वन्‌‍-वेको नियम अनुसार वर्द्धवान रोड तर्फ नगएर राष्ट्रिय राजमार्ग तर्फ गएपछि ड्युटीमा रहेका ट्राफिक पुलिस अथवा अन्य मानिसहरूले राजमार्ग तर्फ लागेका ती गाड़ी, मोटर बाईक, स्कुटीहरूलाई कराउदै गरेको देखिएको छ। राति ड्युटी सकिएर यस स्थानबाट ट्राफिक पुलिसहरू गएपछि यस्ता घटनाहरू लगभग नियमित हुने गरेको मानिसहरूले बताएका छन्‌‍। यस स्थानमा ड्युटीमा खटिएका ट्राफिक पुलिस, सिभिक पुलिस भारी वर्षाको अवधिमा ओत लागेर बसेको अवस्थामा, दिनभरी उभिएर ड्युटी गर्दा थाकेर कुनै स्थानमा बसेको अवधिमा यसरी दार्जीलिङ तर्फबाट आएका कतिपय चालकहरू अज्ञानताको कारण वन्‌‍-वे नगरएर राष्ट्रिय राजमार्ग भएर बजार पस्ने गरेको मानिसहरूले बताएका छन्‌‍। यसैले यस स्थानमा एउटा ट्राफिक पुलिस बुथ बसाइएको खण्डमा दिनभरी उभिएर ड्युटी गरिरहेका पुलिसहरूलाई केही समय विश्राम गर्नलाई स्थान मिल्ने अनि यस स्थानमा अधिक रातिसम्म ड्युटीमा ट्राफिक पुलिस खटाइन सकिने मानिसहरूको मत छ। कतिपय मानिसहरूले यस स्थानमा रहेको फोहोर-मैलादानी हटाइएको छ। फोहोर-मैलादानी हटाइएको स्थान वर्तमानमा खाली रहेको छ, यसै स्थानमा ट्राफिक पुलिस बुथ निर्माण गर्न सकिने र यहाँ बुध निर्माण गरिएको खण्डमा ट्राफिक पुलिस, चालकवर्ग, दुईचक्के सवार, साधरण मानिस सबैको निम्ति असल रहने सुझाउ दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ