बीटी एक्ट 1949 रद्द गरेर महाबोधी बौद्धहरूलाई सुम्पन पर्ने अल इण्डिया बुद्धिष्ट फोरमको माग

Share this news

खरसाङ, (निसं): अल इण्डिया बुद्धिष्ट फोरमको आयोजनामा खरसाङ बजारमा शनिवार एउटा मशाल जुलुसको आयोजना गरियो। अखिल भारतीय तामाङ बौद्ध संघ, खरसाङ बुद्धिष्ट एसोसिएशन, शेर्पा एसोसिएशन, म्हाणी संघ, लामा संघ, अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन अनि अन्यान्य संघ-संगठनका सदस्यहरूको सहभागितामा सम्पन्न भएको यो जुलुस खरसाङ्को टुरिष्ट लजबाट आरम्भ गरिएको थियो। जुलुसले वर्द्धवान रोड भएर खरसाङ शहर परिक्रमा गर्दै मोटर स्ट्याण्डमा पुगेर पथ सभा गरेको थियो। पथ सभामा बोल्दै अल इण्डिया बुद्धिष्ट फोरमका महासचिव एवं महाबोधी मुक्ति आन्दोलनका प्रणेता आकाश लामाले भने, गत 12 फरवरीदेखि आरम्भ भएको बुद्धगया (महाबोधी) मुक्ति आन्दोलन आज 186 दिन पूरा भइसकेको छ। यद्यपि बौद्धहरूको पवित्र आस्थाको केन्द्र एंव विश्व बौद्ध विरासत पूर्णरुपमा बौद्धहरूको नियन्त्रणमा आजसम्म छैन्‌‍। बिहार सरकार अधिनस्थ गया जिल्लाको नियन्त्रणमा सयौँ वर्षदेखि विभिन्न कानुन बनाएर नियोजित रूपमा आजपर्यन्त अवैध रूपमा महाबोधी सञ्चालनमा राखिएको छ। भारतको संविधान लागू हुन पूर्व बनाइएको बीटी एक्ट 1949 लाई नै आधार मानेर नौ सदसयीय कमिटीद्वारा महाबोधी मन्दिर सञ्चालन गरिन्छ, जसमा चार जना बौद्ध, 4 जना गैरबौद्ध (हिन्दू ब्राह्मण) अनि मूख्य रूपमा एकजना हिन्दू जिल्ला कलेक्टर अध्यक्ष रहने प्रावधान वर्षौँदेखि चलिरहेको छ। यसै पक्षपात पूर्ण नितिको बिरुद्ध विगतमा पनि मुक्ति आन्दोलन भइरहेको छ। यस विषयमा भारतको सर्वोच्च न्यायलयमा न्यायको निम्ति मामिला दर्ता गरिए तापनि विभिन्न कारणले निष्पक्ष सुनवाई भएको छैन। लामाले अघि भने, न्यायसंगत अनि संवैधानिक तौरमा हेर्नु हो भने पनि भारतको संविधान लागु हुन अधि बनिएको सम्पूर्ण कानुनहरू रद्द भइसकेका छन्‌‍। यसरी पुराना ब्रिटिश कालका कानुनहरू रद्द भए तापनि आजसम्म बोधगयाको बीटी एक्ट 1949 किन आजपर्यन्त त्यहाँ लागू छ? यसलाई पूर्णरूपमा निरस्त गरी नयाँ कानून अन्तर्गत वीटीएमसीको सम्पूर्ण अधिकार बौद्धलाई सुम्पिन पर्छ। यसैको मागमा आज देशव्यापी मशाल यात्राको आयोजना भइरहेको छ र खरसाङ्मा पनि मशाल जुलुसको आयोजना गरेका हौँ। तिनले अघि भने, महाबोधी आन्दोलनको आरम्भ कानूनी रुपमा यही खरसाङबाट शुरु भएको हो । भारतको सर्वोच्च न्यायलयमा यसै विषयमा 2012 मा रिट पिटीशन फाइल गर्ने प्रथम बौद्ध सदस्य स्व. वाङ्दी छिरिङ भोटिया, नागार्जुन भान्ते अनि सुरेश रसाई थिए। वर्तमानमा पनि उक्त मामिलाको सुनवाई भइरहेको छ। पथ सभामा स्व. वाङ्दी छिरिङ भूटियाप्रति श्रद्धाञ्जली (मौलम) अर्पण गरिएको थियो, जबसम्म बौद्धहरू शान्तीपूर्ण ढंगमा सड़कमा उत्रन्दैनौ तबसम्म हामीले न्याय पाउन असम्भव रहने पनि वक्ताहरूले पथसभामा बताए। वक्ताहरूले केवल न्यायिक युद्ध पर्याप्त नहुने बताउदै भारत एउटा प्रजातान्त्रिक देश भएको हुनाले सड़कमा आवाज उठाउै पर्ने आह्वान गर्दै दार्जीलिङ पहाड़, तराई इवर्सबाट पनि यस्तै आवाज उठ्नु पर्ने बताए। पथसभालाई अल इण्डिया बुद्धिष्ट फोरमका उप-सभापति युएस तामाङ, कोषाध्यक्ष पासङ शेर्पा अन्यान्यले पनि सम्बोधन गर्दै जबसम्म न्याय पाउँदैनौ तबसम्म यो मशाल निभ्न नहुने बताए। पथ सभामा धन्यवाद ज्ञापुन यूएस तमाङले गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ