अम्बटेको शिवालयमा श्रद्धालुहरूको भीड़

Share this news

पङ्खाबारी,22 जुलाई (निसं)ः अम्बटे चियाबारीको बसेरीमा अवस्थित अत्यन्तै पुरानो अनि यहाँको धार्मिक आस्थाको केन्द्रविन्दु शिवालयमा मङ्गलवार पनि श्रद्धालु भक्तजनहरूको निक्कै भिड़ रहेको थियो। यस मन्दिरमा प्रायः वर्षैभरिनै भक्तजनहरूको भिड़ रहने गर्दछ भने विशेषगरी साउन महिना तथा शिवरात्री पर्वको समयमा अझ अधिक भिड़ रहने गर्दछ। मङ्गलवार पनि शिवालयमा जल चढ़ाउने तथा पूजा-अर्चना गर्न स्थानीय लगायत खरसाङ क्षेत्र अनि यहाँदेखि धेरै टाढ़ा-टाढ़ाबाट श्रद्धालु भक्तजनहरू आएका थिए। यस क्षेत्रकै मानिएका धार्मिक स्थलहरूमध्ये अम्बटेको यस शिव मन्दिर पनि एक हो। यस मन्दिर अनि यहाँको भगवान महादेवप्रति धेरैको श्रद्धा,भक्ति अनि विश्वास रहेको छ। त्यसर्थ मानिसहरू प्रायः वर्षभरिनै धेरै सङ्ख्यामा यस मन्दिरमा आफ्नो मनोकामना पूर्ण गर्न अनि ईश्वरप्रति श्रद्धा र भक्ति अर्पण गर्न आउने गर्छन्‌‍। यसै क्रममा मङ्गलवार पनि भक्तजनहरूको धेरै भिड़ रहेको थियो। यहाँ आएका श्रद्धालुहरूलाई प्रत्येक समय प्रसाद एवम्‌‍ खाजाको व्यवस्था मन्दिर सञ्चालन समितिले गरिरहेको पनि देखियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड