Dipen Thakuri announces that Gorkha Haat will be run by Darjeeling Municipality

अब गोर्खे हाट दार्जीलिङ नगरपालिकाले नै सञ्चालन गर्ने छ: दिपेन ठकुरी

Share this news

दार्जीलिङ,30 जुन(निसं): धेरै महिनादेखि सञ्चालनमा आइरहेको दार्जीलिङ शहरबीचको गुन्द्री बजार तथा गोर्खेहाट अब गोर्खे हाट समूह एनजीओ-ले सञ्चालन नगरेर दार्जीलिङ नगरपालिकाले नै सञ्चालन गर्ने भएको छ। अब चाँडै दार्जीलिङ नगरपालिकाले गोर्खे हाट तथा गुन्द्री बजारका व्यापारीहरुसित संलग्न रहदै सञ्चालन समिति बनाएर प्रत्येक प्रत्येक बिहिबारको दिन यसरी नै गोर्खे हाट लाग्ने तथा सञ्चालन हुने दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले जानकारी गराएका छन्। आज बिहिबार दार्जीलिङ शहरबीच एमपी रोड अनि ओरियन्ट  क्षेत्र सम्मको गोर्खे हाटबारे दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले पत्रकार सम्बोधन गर्दै भने, दार्जीलिङ शहरबीचको यो गोर्खे  महाट सञ्चालनमा जनगुनासो आएकोले अब उसो यो गोर्खेहाट दार्जीलिङ नगरपालिकाले नै सञ्चालन गर्ने भएको छ। यो गोर्खे हाट भएको क्षेत्र दार्जीलिङ नगरपालिका अधिनस्थ पर्दछ त्यसैले यस सञ्चालन भइरहेको गोर्खे हाटलाई सुचारु रुपमा सञ्चालन गर्न नगरपालिकाले पूर्ण जिम्मेवारी साथै असल व्यवस्था गर्ने छ। उनले भने, आजसम्म सञ्चालन भइरहेको गोर्खे हाटका पसलेहरूले नै उक्त गोर्खे हाटमा पसल लगाउन सक्नेछन्, उनीहरूको पुरानो गोर्खे हाट समूह एनजीओले दिएको आइडेन्टी कार्ड रद्द गरिनेछ अनि नगरपालिकाद्वारा नयाँ आइडेन्टि कार्ड उनीहरुलाई प्रदान गरिनेछ। यस प्रकारको जानकारी दिँदै दार्जीलिङ नगरपालिकाले गोर्खे हाट सञ्चालन गर्ने पहिलेको कमिटी गोर्खेहाट समूह एनजिओ-लाई पत्र पनि पठाइसकेको छ। उनले भने गोर्खे हाटमा रहेका पसलेहरूबाट मासिक दुई सय रुपियाँ उठाउने गरिन्थ्यो अब दार्जीलिङ नगरपालिकाले  निःशुल्क दोकानहरू राख्न दिइने सोचेका छौं। उनले अझ भने, यो निर्णय नगरपालिका बोर्ड-को हो नगरपालिका अध्यक्षलाई जसले पनि टीकाटिप्पणी गरे वा गरिरहेका छन् उनीहरूलाई मबाट धन्यवाद छ। अब गोर्खे हाट नयाँ कमिटी गठन हुँदा नगरपालिका क्षेत्रको 32 वटा वार्डहरुबाट एक-एक जना प्रतिनिधि सामेल गर्नेछौं। साथै गाउँ-बस्ती र चियाबारी क्षेत्रबाट पनि एक-एक जना प्रतिनिधि सामेल गराएर नयाँ सञ्चालन समिति गठन गर्नेछौं। उनले भने, गोर्खे हाट वा गुन्द्रीबजार दार्जीलिङ पहाडको एउटा गौरव नै हो। यो यथावत रहनेछ। सधैं सञ्चालन हुनेछ। स्मरण रहोस् आज दार्जीलिङ नगरपालिकाले गोर्खे हाटमा रहेका सबै दोकानीहरूलाई आज निःशुल्क पोलेथिन पाल प्रदान गरे साथै दोकानेहरुले प्रयोग गर्ने टेबल 60 रुपैयाँ दिनुपर्थियो, तर अब टेबलको किराया केवल 20 रुपियाँ मात्र दिनुपर्ने  दोकानेहरूले बताएका छन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न