अण्डर फोर्टिन बोईज अनि महिला फुटबल टुर्नामेन्ट 20 सेप्टेमबरदेखि

Share this news

खरसाङ, (निसं): खरसाङ्मा आगामी 20 सेप्टेम्बरदेखि बोईज अण्डर फोर्टिन लीग कम नकाउट फुटबल टुर्नामेन्ट अनि महिला खुल्ला फुटबल टुर्नामेन्टको आयोजना गरिनेछ। खरसाङ महकुमा खेलकुद सङ्घको आयोजनामा सम्पन्न गरिने यो टुर्नामेन्ट यहाँको डब्लूबीएनभीएफ खेल मैदानमा आयोजना गरिनेछ। मंगलवार सङ्घको कार्यालयमा सङ्घका अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भएको एक सभामा यी दुई टुर्नामेन्ट आयोजना गर्ने निर्णय गर्दै प्रस्ताव पारिक गरिएको सङ्घका उपाध्यक्ष फूर्बा घिसिङले बताएका छन्‌‍। फूर्बा घिसिङले बताए अनुसार सभामा लिइएको निर्णय अनुसार यी दुई फुटबल टुर्नामेन्टमा अंशग्रहण गर्नको निम्ति इच्छुक टीमहरूले आगामी 15 सेप्टेम्बरसम्ममा सङ्घको कार्यलय अथवा संङ्घका पदाधिकारीहरूसित सम्पर्क राखेर पञ्जीकरण गराउन पर्नेछ। फूर्बा घिसिङले दर्पणसित कुरा गर्दै भने, मंगलवार सम्पन्न भएको सङ्घको सभामा लिइएको निर्णय अनुसार अण्डर फोर्टिन लीग कम नकाउट फुटबल टुर्नामेन्टमा अंशग्रहण गर्न चाहाने टीमका खेलाड़ीहरूको आधार कार्ड र जन्म प्रमाण पत्र अनिवर्य रुपमा बुझाउन पर्नेछ। यस टुर्नामेन्टमा अंश ग्रहण गर्न चाहाने टीमका खेलाड़ीहरू 18 सेप्टेम्बर 2011 पछि जन्मिएको हुन पर्नेछ। अधिक उमेर भएका खेलाड़ीहरूलाई टुर्नामेन्टको निम्ति प्रवेश दिइने छैन। सभामा लिइएको निर्णय अनुसार यो टुर्नामेन्ट खरसाङ्को नयाँ बजारस्थित डब्लूबीएनभीएफ खेल मैदानमा सेवेन साइडमा सम्पन्न गरिने पनि घिसिङले जनाए। तिनले भने, अण्डर 14 बोईज लीग कम नकाउट फुटबल टुर्नामेन्टको निम्ति सङ्घका तक्निकी सदस्य राम प्रसाद सार्कीले तिनका पिता स्व. एलटी सिंह सार्कीको नाममा विजेता ट्रफी अनि माता सुकमाया सार्कीको नाममा उपविजेता ट्रफी प्रयोजित गर्नेछन्‌‍। अण्डर 14 बोईज लीग कम नकाउट फुटबल टुर्नामेन्टको प्रत्येक टीमले आफ्नो 12 खेलाड़ीहरूको नाम पञ्जीकरण गराउन पर्नेछ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ