हुसेल खोलामा पूजा विसर्जन गर्न बाधा भएपछि धार्मिक आस्थामा घात भएको मानिसहरूको अनुभव

Share this news

खरसाङको हुसेल खोला देवी-देवताको मूर्ती अनि पूजा विसर्जन गर्ने सयौँ वर्ष पुरानो स्थान हो। यो खोला सयौँ वर्षदेखि खरसाङ्का मानिसहरूको धार्मिक आस्थाको केन्द्र बनेको छ। अघिको समयमा यहाँ खरसाङ बजार मात्र नभएर गाउँ-बस्तीबाट पनि पूजा अनि देवी-देवताको मूर्ती विसर्जन गर्न ल्याइन्थ्यो। मूर्ती विसर्जन गरिने बाटो मुनिको सानो पोखरीसम्म जाने बाटो छैन। गत 4 अक्टोबरको रातिको वर्षामा खोला नजिकै सड़कमा माथिबाट पैह्रो आएको थियो, उक्त पैह्रोको ढुंगा-माटो सोहोरेर सड़क मुनि फालिएकोले पूजा विसर्जन गर्ने स्थानसम्म जाने बाटो अहिले पुरिएको छ। उक्त स्थानमा जाने बाटो नभएपछि कतिपय मानिसहरूले बाटो मथि खोलामा पूजा विसर्जन गर्ने गरेका छन्‌‍। तर यहाँ पूजा विसर्जन गर्दा छेउछाउका मानिसहरू आएर विरोध गर्ने गरेका छन्‌‍। यसरी बढ़ो श्रद्धा र भक्तिका साथ गरिएको पूजा विसर्जन गर्नलाई विरोधको सामना गर्न परेपछि मानिसहरूको श्रद्धा र आस्थामा कुठाराघात भइरहेको कतिपयले अनुभव गरिरहेका छन्‌‍। शनिवार यस्तै एउटा घटनामा डुमारामका एक व्यक्ति पूजा विसर्जन गर्नको निम्ति हुसेल खोला पुगेका थिए। सधैँ विसर्जन गर्ने स्थानमा जाने बाटो नभएपछि तिनले बाटोमाथि पूजा विसर्जन गर्ने निर्णय गरेर पूजाको सामग्रीहरू लगेर गए। यस्तैमा एक व्यक्ति आएर तिनको विरोध गर्न थाले। उक्त व्यक्तिले त्यहाँ पूजा विसर्जन गर्न नहुने बताउदै सड़कदेखि मुनि फाल्नु नत्र अन्यत्र लगेर फाल्नु भनेपछि केही क्षण भनाभैरी भयो। पूजा विसर्जन गर्ने व्यक्तिले यो पूजाको सामग्री हो, यहाँ कुनै फोहोर-मैला छैन, कुनै प्लास्टिका सामग्रीहरू छैन, फूल, फल प्रसाद, पातको टपरा, चड़ाएको कपड़ाहरू मात्र छ भनी विरोध गर्ने व्यक्तिलाई सम्झाउदा तिनले जे भए पनि यहाँ फाल्नु नहुने, बाटो मुनि पाल्नु पर्ने अथवा अन्यत्र लगेर फाल्ने बताए। विसर्जन गर्ने व्यक्तिले भने, यो मेरो आस्थाको विषय हो, मैले पण्डित बोलाएर पूर्ण श्रद्धाको साथमा पूजा गरेको छु, भगवानलाई फल प्रसाद, कपड़ा आदि चड़ाएको छु। म यो पूजाको सामग्री फोहोर-मैला जस्तो फाल्न सक्दिन, मैले यो सामग्री विसर्जन गरेर भगवानलाई एक पल्ट पुकारेर, ढोक गरेर छोड़िराख्नु पर्छ। तपाई कसरी सड़कबाट बाटो मुनि फालिदिनु भन्नु हुन्छ भन्दा उक्त व्यक्तिले आफ्नो मोबाइल झिकेर भिडियो बनाउन थाले, सामाजिक सञ्जालनमा हालिदिने धम्की दिए। यो हाम्रो आस्थाको विषय हो, धार्मिक नियम अनुसार कुनै पनि पूजा गरेपछि खोला, पानीको मुहान रहेको शीरको स्थानमा विसर्जन गर्न पर्छ। यसरी फाल्ने हो भने बिहान फोहोर-मैला उठाउने नगरपालिका कर्मचारीहरूलाई दिन सकिन्थ्यो। तर यो मेरो आस्था हो, मैले यसरी श्रद्धा पूर्वक खोलामा ल्याएको छु, श्रद्धा पूर्वक विसर्जन गर्नु मेरो आस्था हो। यसरी आफ्नो आस्था र श्रद्धालाई पनि जिँउदो राख्न नपाइने समय आएको मैले अनुभव गरेँ। यस विषयमा खोलादेखि केही पर घर भएका सुकराज थापा अनि तिनकी पत्नीले भने, हुसेल खोला मूर्ती वा पूजा विसर्जन गर्ने पुरानो स्थान हो। गत 4 अक्टोबरको माथिबाट आएको पैह्रो सोहोरेर बाटो मुनि फालेपछि विसर्जन गर्ने स्थानसम्म जाने बाटो बन्द भएको छ। यहाँ बाटो खुल्ला रहँदा हामीले गएर विसर्जन गर्ने स्थान सफा गर्ने गरथ्यौँ, अहिले जान सकिन्दैन। पूजा विसर्जन गर्ने खोलामा कोरामा बस्ने क्रिया पुत्रहरू पनि आएर कर्मकाण्ड गर्ने गर्थे तर अहिले तिनीहरू पनि त्यहाँ जान सकेका छौनन्‌‍। हुसेल खोला मानिसहरूको धार्मिक आस्थाको केन्द्र हो, यो खोला व्यस्थित हुन पर्ने हो। खोलासम्म जाने राम्रो बाटोको व्यस्था हुन पर्ने हो। अहिले सबैले आफ्नो मात्र हेर्छन्‌‍, सबैको सुविधा पनि हेर्न पर्ने हो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ