हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पु र सिटोङ लाटपञ्जार क्षेत्र समितिद्वारा धन्यवाद प्रकट

Share this news

सोनादा, 27 जून (निस):अ जीटीएको शिक्षा विभागले वर्तमान समयमा शिक्षक-शिक्षिकाहरुका लागि ई पेन्शन र ई पीएफको व्यवस्था शुरु गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पु क्षेत्र समितिद्वारा धन्यवाद प्रकट गरिएको छ। हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पु क्षेत्र समितिका सभापति राजेन थापा, सिटोङ लाटपञ्जार युनिटको सचिव आशिष राई, सिटोङ लाटपञ्जार युनिटको उप सभापति अखिल राई, सिटोङ लाटपञ्जार समष्टिको प्राथमिक शिक्षक संगठनका सचिव अमर चामलिङ आदिले पत्रकार सम्मेलन बोलाएर शिक्षक शिक्षिकाहरुका लागि जीटीएको शिक्षा विभागले वर्तमान समयमा ई पेन्शन र ई पीएफ शुरु गरेकोमा जीटीए प्रमुख अनित थापा र प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पु क्षेत्र समिति सभापति राजेन थापाले पेन्शन र पीएफको लागि पूर्व शिक्षक शिक्षिकाहरुले धेरै दुःख भोग्नु परिरहेको थियो। तर जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानले शिक्षक शिक्षिकाहरुको सुविधाको लागि ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएको कारणले धेरै सुविधा भएको बताएका छन्। उनले शिक्षक शिक्षिकाहरुले पीएफको हर हिसाब खोज्नु परेमा एसआई अविनाश तामाङ र पेन्शन विषयमा जानकारी चाहिएमा प्रदीप सुब्बासहित सम्पर्क गर्न सकिने पनि जानकारी गराएका छन्। उनले ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएकोमा जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। उनले प्राथमिक शिक्षा विभागको बोर्ड चेयरम्यान तिलकचनन्द्र रोका, शिक्षा विभागको कार्यकारी निर्देशक, सम्पूर्ण एसआईहरु, बडाबाबु, सम्पूर्ण कर्मचारीहरु साथै हिल तराई प्राथमिक शिक्षक संगठनको सम्पूर्ण पदाधिकारीहरुप्रति आभार प्रकट गरेका छन्। यस विषयमा सिटोङ लाटपञ्जार समष्टिको प्राथमिक शिक्षक संगठनको सचिव अमर चामलिङले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

पोख्रेबोङमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन

पोख्रेबोङमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन

ईआरजी दुरुपयोगको भरतले आरटीआई गर्ने

ईआरजी दुरुपयोगको भरतले आरटीआई गर्ने

बंगाल किसान कांग्रेसद्वारा डीएम-लाई ज्ञापन-पत्र

बंगाल किसान कांग्रेसद्वारा डीएम-लाई ज्ञापन-पत्र

दक्षता गुरूङ र वाङ्गे गुरूङको प्रस्तुति

दक्षता गुरूङ र वाङ्गे गुरूङको प्रस्तुति

समयमा नै बोनसको छिनाफाना गरिदिउन्

समयमा नै बोनसको छिनाफाना गरिदिउन्

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस