स्कूल अफ् गिटार लर्निङको आयोजनामा संगीतलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

Share this news

खरसाङ, 29 जून (निसं)ःखरसाङको नयाँ बजारस्थित स्कूल अफ् गिटार लर्निङको आयोजनामा आइतवार खरसाङमा संगीतलाई लिएर सचेतना कार्यक्रम सम्पन्न भएको छ। खरसाङको वर्द्धमान रोडमा रहेको एक होटलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा भायोलिन वादक देशराज गजमेर उपस्थित रहेका थिए। कार्यक्रममा संगीत विषयमा नानीहरुलाई सचेतना एंव जानकारी गराउन मुख्य शोध वक्ताको रुपमा आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढ़ीका निर्देशक अभिषेक गहतराज उपस्थित रहेका थिए। कार्यक्रममा अमीरमाया गहतराज, निर्मल कुमार गहतराज लगायत अन्यहरु उपस्थित रहेका थिए। यस कार्यक्रमलाई स्कूल अफ् गिटार लर्लिङ खरसाङका निर्देशक नर्बु छिरिङ शेर्पाले सञ्चालन गरेका थिए। यस कार्यक्रममा नानीहरु र अभिभावकहरुलाई आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढ़ीको निर्देशक अभिषेक गहतराजले संगीतको विभिन्न विषयहरुमा चर्चा परिचर्चा गर्दै जानकारीसहित सचेतना गराएका थिए। यस कार्यक्रममा स्कूल अफ् गिटार लर्निङ स्कूलका नानीहरुले संगीतमा आफ्नो आफ्नो प्रस्तुतिहरु दिएका थिए। कार्यक्रममा स्कूल अफ् गिटार लर्निङका निर्देशक एंव गिटारिस्ट नर्बु छिरिङ शेर्पाले पनि आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्कूल अफ् गिटार लर्निङ खरसाङको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भायोलिन वादक देशराज गजमेरले आफ्नो सम्बोधनमा कार्यक्रम अति राम्रो रहेको र कलिलो हातहरुले राम्रो प्रस्तुति दिएको बताएका छन्। उनले पुरानो समयमा अहिलेको जस्तो यसरी संगीत सिक्ने माहोल थिएन भन्दै अहिलेको नानीहरुले संगीत सिक्ने राम्रो अवसर पाएको पनि बताएका छन्। मुख्य अतिथि देशराज गजमेरले संगीतमा शक्ति छ भन्दै संगीत भनेको संगीत नै हो र संगीत सिक्नुलाई नानीहरुले यसरी नै मौका पाएकोमा खण्डमा राम्रो हुने पनि बताएका छन्।


Share this news
आजको रोजाइ
मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

गायक अनिल फागोको गजल सार्वजनिक

गायक अनिल फागोको गजल सार्वजनिक

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

6 वर्षीय धावक अफिकलाई सम्मान

6 वर्षीय धावक अफिकलाई सम्मान

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

पद्मश्री सानु लामाको निधनमा श्रद्धाञ्जली अर्पण

पद्मश्री सानु लामाको निधनमा श्रद्धाञ्जली अर्पण

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते