स्कूल अफ् गिटार लर्निङको आयोजनामा संगीतलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

Share this news

खरसाङ, 29 जून (निसं)ःखरसाङको नयाँ बजारस्थित स्कूल अफ् गिटार लर्निङको आयोजनामा आइतवार खरसाङमा संगीतलाई लिएर सचेतना कार्यक्रम सम्पन्न भएको छ। खरसाङको वर्द्धमान रोडमा रहेको एक होटलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा भायोलिन वादक देशराज गजमेर उपस्थित रहेका थिए। कार्यक्रममा संगीत विषयमा नानीहरुलाई सचेतना एंव जानकारी गराउन मुख्य शोध वक्ताको रुपमा आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढ़ीका निर्देशक अभिषेक गहतराज उपस्थित रहेका थिए। कार्यक्रममा अमीरमाया गहतराज, निर्मल कुमार गहतराज लगायत अन्यहरु उपस्थित रहेका थिए। यस कार्यक्रमलाई स्कूल अफ् गिटार लर्लिङ खरसाङका निर्देशक नर्बु छिरिङ शेर्पाले सञ्चालन गरेका थिए। यस कार्यक्रममा नानीहरु र अभिभावकहरुलाई आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढ़ीको निर्देशक अभिषेक गहतराजले संगीतको विभिन्न विषयहरुमा चर्चा परिचर्चा गर्दै जानकारीसहित सचेतना गराएका थिए। यस कार्यक्रममा स्कूल अफ् गिटार लर्निङ स्कूलका नानीहरुले संगीतमा आफ्नो आफ्नो प्रस्तुतिहरु दिएका थिए। कार्यक्रममा स्कूल अफ् गिटार लर्निङका निर्देशक एंव गिटारिस्ट नर्बु छिरिङ शेर्पाले पनि आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्कूल अफ् गिटार लर्निङ खरसाङको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भायोलिन वादक देशराज गजमेरले आफ्नो सम्बोधनमा कार्यक्रम अति राम्रो रहेको र कलिलो हातहरुले राम्रो प्रस्तुति दिएको बताएका छन्। उनले पुरानो समयमा अहिलेको जस्तो यसरी संगीत सिक्ने माहोल थिएन भन्दै अहिलेको नानीहरुले संगीत सिक्ने राम्रो अवसर पाएको पनि बताएका छन्। मुख्य अतिथि देशराज गजमेरले संगीतमा शक्ति छ भन्दै संगीत भनेको संगीत नै हो र संगीत सिक्नुलाई नानीहरुले यसरी नै मौका पाएकोमा खण्डमा राम्रो हुने पनि बताएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ