सोनादा क्षेत्रका पूर्व प्रधानाध्यापक डम्बरसिंह मुखियाको निधन

Share this news

सोनादा, 3 जुलाई (निसं)ः अमर ज्योति प्राथमिक पाठशालाका भूतपूर्व शिक्षक तथा अप्पर सोनादाको जोनसन हट्टा निवासी डम्बर सिंह मुखिया (सर) को दुःखद निधन भएको छ। उनको निधनले सम्पूर्ण सोनादा क्षेत्र शोकाकूल बनेको छ। शिक्षण पेशामा समर्पित, अनुशासित र निःस्वार्थ भावनाका धनी डम्बर सर एक असल शिक्षक मात्र नभई खेलकूदको माध्यमबाट विद्यार्थीहरूलाई अनुशासन, नेतृत्व र आत्मविश्‍वास सिकाउने प्रेरणाका स्रोत थिए। उनको शैक्षिक र समग्र समाज सेवामूलक योगदान सधैं स्मरणीय रहनेछ। सम्पूर्ण सोनादावासीले उनीप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गरेका र उनको पुण्यात्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको जानकारी प्राप्त भएको छ। ईश्‍वरले यस अपूरणीय क्षतिलाई सहन गर्ने शक्ति शोकाकुल परिवारलाई प्रदान गरून्। उनले आफुपछि पत्नी र एकजना छोरा छोड़ी गएका छन् भने उनको अन्तिम संस्कार शुक्रवार गरिने भएको जानकारी प्राप्त भएको छ। अमर ज्योति प्राथमिक पाठशालाका भूतपूर्व शिक्षक तथा अप्पर सोनादा, जोनसन हट्टा निवासी डम्बर सिंह मुखिया (सर) को दुःखद निधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभाग प्रभारी सभासद राजेस चौहानले श्रध्दाञ्जली अर्पण गरेका छन्। उनले आफ्नो शोक सम्वादमा भनेका छन्, अमर ज्योति प्राथमिक पाठशाला सोनादाका पूर्व प्रधान शिक्षक डम्बर सिंह मुखियाको आज बिहान निधन भएको खबरले मर्माहित बनेको छु। एकजना कुशल शिक्षक, एक असल अभिभावक आज गुमाउनु परेको छ। उनको चिर आत्माले परमात्मामा बास गरून् साथै शोकाकूल परिवारमा ईश्‍वरले सहने शक्ति प्रदान गरुन भनी प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’


Share this news
आजको रोजाइ
खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

????????????

गाई पालकहरूको संख्या घट्ने क्रम जारी

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

आजको रोजाइ