पुलिस डे को अवसरमा सोनादामा बाइक रैली साथै म्याराथनको आयोजना

Share this news

सोनादा, (निसं) : सोनादा ट्राफिक पुलिस अनि सोनादा पुलिस आउट पोष्टको आयोजनामा सोमवार पुलिस डे को अवसरमा जोरखोलादेखि आठ माइलसम्म बाइक ऱ्याली साथै म्याराथनको आयोजना गरिएको छ। उक्त बाइक ऱ्यालीमा सोनादा क्षेत्रका युवाहरु साथै विद्यार्थीहरुले सहभागिता जनाएका थिए। यसको साथै सलेशियन कलेज र हाई स्कूलका विद्यार्थीहरु, एनएच 10 का राईडरहरु, प्रेमुस भोटिया, पञ्चायत सदस्य, कोरियर सेवाका कर्मचारीहरु लगायत स्थानीयहरुले भाग लिएका थिए। यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रेमुस भोटिया रहेका थिए भने सोनादा ट्राफिक पुलिसको प्रभारी सबिन दर्नाल, सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरी साथै पुलिस कर्मचारीहरु र सिभिक भोलेन्टियरहरु उपस्थित रहेका थिए। उक्त ऱ्यालीको आयोजना गर्नुको मुख्य उद्देश्य सेभ ड्राइभ सेफ लाइभ अन्तर्गत जागरुकता गराउनु साथै सोनादा क्षेत्रलाई ड्रग्समुक्त बनाउनलाई सचेतना फैलाउनु रहेको बताइएको छ। उक्त सचेतना ऱ्याली र म्याराथन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा ट्राफिक पुलिसको प्रभारी सबिन दर्नालले सोनादा ट्राफिक पुलिस र सोनादा पुलिस आउट पोष्टको आयोजनामा सेभ ड्राइभ सेफ लाइभ अन्तर्गत सचेतनाको लागि म्याराथन साथै बाइक रैलीको आयोजना गरिएको जानकारी गराएका छन्‌‍। उनले यो कार्यक्रम अन्तर्गत सहभागी सबैलाई धन्यवाद दिएका छन्‌‍। उनले यस कार्यक्रम अन्तर्गत जनसाधारणलाई ट्राफिक सचेतना गराइएको र ट्राफिक नियमहरु सबैले पालन गरोस्‌‍ र जनता समक्ष यो मेसेज पुगोस्‌‍ भनेर कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्‌‍। कार्यक्रम विषयमा प्रमुख अतिथि प्रेमुस भोटियाले सोनादा ट्राफिक पुलिस र पुलिस आउट पोष्टको आयोजनामा गरिएको सचेतना कार्यक्रम राम्रो लागेको र यो पहल जनता समक्ष सचेतना फैलाउन पहल गरिएको बताएका छन्‌‍। उनले आफुहरु कुदेर जनतालाई जनचेतना फैलाउने कार्य गरिएको बताउँदै ट्राफिक नियम पालन गर्दा जनता सुरक्षित रहने र यस पहललाई जनताले बुझिदिनेछ भनी आशा व्यक्त गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान