सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

Share this news

खरसाङ ,18 जुलाई(निसं): खरसाङ पुलिस थाना अन्तर्गत सेभोक पुलिसको टोलीले परिजात नगर, सेभोकस्थित एक पसलमा छापा मारी महेन्द्र बोहरा र पोफ्मा बोहरालाई पक्राउ गरेको छ। उक्त छानबीनको क्रममा उनीहरूको पसलबाट 1 हजार 6 सयवटा निट्राजेपाम ट्याब्लेट्स आईपी 10 ग्राम जफ्त गरेको छ।यसको साथै लागुऔषध बिक्रीबाट प्राप्त भएको एक लाख रुपियाँसमेत जफ्त गरेको जानकारी प्राप्त भएको छ। उक्त खोजी-तलासी तथा जफ्त कार्य खरसाङ्का जोइन्ट बीडीओको उपस्थितिमा एनएसपीएस ऐन अन्तर्गतका सम्पूर्ण कानूनी प्रक्रिया पालना गरी गरिएको र सम्पूर्ण कार्यको भिडियो रेकर्डिङ समेत गरिएको जानकारी गराइएको छ। यस सम्बन्धमा खरसाङ पुलिस थानामा केस संख्या 97/25, धारा 21(ए)/22(ए)/29 एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। दुवै अभियुक्तलाई दार्जीलिङस्थित विशेष एनडीपीएस न्यायलयमा पेश गरिएको थियो। जस अनुसार अभियुक्त महेन्द्र बोहरालाई 3 दिनको पुलिस रिमाण्डमा पठाइएको छ। यसअघि पनि गत 14 जुलाईको दिन सेभोक पुलिसले पारिजात नगरका किशन राई उर्फ पुरेकी र सृजना राईलाई पक्राउ गरी उनीहरूको साथबाट 1 सय 50 वटा प्रोक्सिमेक स्पास क्याप्सुल्स जफ्त गरेको थियो। यसबारे खरसाङ थानामा केश संख्या 95/25 धारा 21(बी)/22(बी)/29 एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। हाल दुवै अभियुक्त जेल हिरासतमा रहेका छन्‌‍ भनी पुलिस सूत्रले जानकारी दिएका छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ