सुखानीमा फेला पर्‍यो नयाँ प्रजातिको बैजनी कोइली चरा

Share this news

चितवन — नेपाल र मलेसियाका चरा विज्ञहरुको टोलीले पूर्वी नेपालको इलाम सुखानीमा नयाँ प्रजातिको चरा–बैजनी कोइली फेला पारेका छन् । नेपाल पन्छीविद् संघले बुधबार बिहान प्रेस विज्ञप्ती जारी गर्दै यस बारेमा जानकारी दिएको छ ।

गएको चैत २५ मा नेपालका चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनको क्रममा समुन्द्र सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्रका उक्त चरा फेला पारेको थियो ।

गुरुङको साथमा मलेसियकाका चरा विज्ञ एलेकजान्डर जोन एङ याङ र रोजर रोबर्ट राजा पनि रहेका थिए । साथै सो टोलीमा नेपाली चराविद् अनिश तिमिल्सिना पनि संलग्न थिए । बिहान ११ बजेतिर देखा परेको उक्त चरा ‘भ्वाइलेट कुक्कु’ भएको टोलीले प्रारम्भिक पहिचान गरेको थियो । थप पुष्टिका लागि उनीहरुले आफूले खिचेको चराका फोटो र भिडियो चैत २८ मा नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।

रेकर्ड कमिटीले स्वदेशी विदेशी चराविज्ञहरुको राय लिएर उक्त चरा नेपालका लागि नयाँ भएको पत्ता लगाएको कमिटीका तर्फबाट डा. तुलसी सुवेदीले जनाएका छन् । अंग्रेजी नाम भ्याइलेट कुक्कु रहेको सो चराको वैज्ञानिक नाम क्राइसोककस साइन्थोरिङ्कस हो । योसँगै नेपालमा पाइने चराको प्रजातिको संख्या ८९९ पुगेको डा.सुवेदीको भनाइ छ ।

कुकुलिफर्म्स वर्गको कुकुलिडी परिवारमा पर्ने यो चरा भुटान, मलेसिया, सिङ्गापुर, बंगलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, फिलिपिन्स, म्यानमार, थाइल्याण्ड र भियतनाममा आवासीय रुपमा नै पाइने गरेको नेपाल पन्छीविद् संघले जनाएको छ । यसले भुटान, फिलिपिन्स र सिंगपुरमा प्रजनन् गर्ने पाइएको छ । विश्वमा यो चराका दुई उपप्रजाति सी. एक्स. साइन्थोरिङ्कस र सी. एक्स. एमिथिस्टिनस छन् । नेपालमा भेटिएको चरा सी. एक्स. साइन्थोरिङ्कस भएको नेपाल पन्छीविद् संघले जानकारी दिएको छ ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन