सीपीएमका राज्य सचिव मोहम्मद सलीम 31 जुलाईमा दार्जीलिङ आउने

Share this news

खरसाङ, 16 जुलाई (मोहन प्रसाद): सीपीएमका राज्य कमिटीका सचिव मोहम्मद सलीम आगामी 31 जुलाई दार्जीलिङ आउने छन्‌‍ अनि डीवाईएफआईद्वारा प्रकाशित हुने पत्रिका अथवा मुखपत्रको नेपाली संस्करणको तिनले उद्घाटन गर्नेछन्‌‍। उक्त जानकारी खरसाङ्मा पत्रकारहरूसित बोल्दै, डीवाईएफआई दार्जीलिङ जिल्ला सचिव सागर शर्माले दिएका छन्‌‍। बुधवार खरसाङस्थित गोर्खा जनपुस्तकालय भवनमा सीपीएमको एरिया कमिटीको सभा भएको थियो। उक्त सभामा पार्टीका प्रतिनिधिहरू साथै कार्यकर्ताहरू विभिन्न स्थानबाट उपस्थित रहेका थिए। यसै सभापछि पत्रकारहरूसित बोल्दै पार्टीका नेतृत्वहरूले जनाए अनुसार आगामी 31 जुलाई राज्य कमिटी सचिव मोहम्मद सलीम दार्जीलिङ आइरहेका छन्‌‍। आगामी 12 अगस्तको दिन पार्टीद्वारा शिक्षा घोटाला सहित विभिन्न विकासमूलक योजनाहरूमा भइरहेको व्यापक भ्रष्टाचार, सयदिने रोजगार आदि विषयलाई लिएर खरसाङ खण्ड अधिकारी साथै महकुमा अधिकारी कार्यालय अघि धरना-प्रदर्शन गरिने छ अनि ज्ञापन पत्र बुझाइने छ भनी पार्टीका खरसाङ एरिया कमिटी सचिव चेतन गुरुङले बताएका छन्‌‍। चेतन गुरुङले थप जनाए अनुसार, गोर्खा जन पुस्तकालयमा आयोजित बुधवारको सभामा पार्टीको प्रतिनिधिहरू सोनादा अनि मङ्पू क्षेत्रबाट पनि उपस्थित थिए। पार्टीले मूलभूत मुद्दा संगै जातीय मुद्दामाथि पनि विभिन्न कार्यक्रम गरिने तिनले बताएका छन्‌‍। पार्टीका डिष्ट्रिक्ट सेक्टरिएट मेम्बर सचिन खाती, डीवाईएफआई जिल्ला सह सचिव दीपा तामाङ अनि स्थानीय प्रतिनिधि नरेन प्रधानको पनि सभामा उपस्थिति थियो ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन