सीपीएमका राज्य सचिव मोहम्मद सलीम 31 जुलाईमा दार्जीलिङ आउने

Share this news

खरसाङ, 16 जुलाई (मोहन प्रसाद): सीपीएमका राज्य कमिटीका सचिव मोहम्मद सलीम आगामी 31 जुलाई दार्जीलिङ आउने छन्‌‍ अनि डीवाईएफआईद्वारा प्रकाशित हुने पत्रिका अथवा मुखपत्रको नेपाली संस्करणको तिनले उद्घाटन गर्नेछन्‌‍। उक्त जानकारी खरसाङ्मा पत्रकारहरूसित बोल्दै, डीवाईएफआई दार्जीलिङ जिल्ला सचिव सागर शर्माले दिएका छन्‌‍। बुधवार खरसाङस्थित गोर्खा जनपुस्तकालय भवनमा सीपीएमको एरिया कमिटीको सभा भएको थियो। उक्त सभामा पार्टीका प्रतिनिधिहरू साथै कार्यकर्ताहरू विभिन्न स्थानबाट उपस्थित रहेका थिए। यसै सभापछि पत्रकारहरूसित बोल्दै पार्टीका नेतृत्वहरूले जनाए अनुसार आगामी 31 जुलाई राज्य कमिटी सचिव मोहम्मद सलीम दार्जीलिङ आइरहेका छन्‌‍। आगामी 12 अगस्तको दिन पार्टीद्वारा शिक्षा घोटाला सहित विभिन्न विकासमूलक योजनाहरूमा भइरहेको व्यापक भ्रष्टाचार, सयदिने रोजगार आदि विषयलाई लिएर खरसाङ खण्ड अधिकारी साथै महकुमा अधिकारी कार्यालय अघि धरना-प्रदर्शन गरिने छ अनि ज्ञापन पत्र बुझाइने छ भनी पार्टीका खरसाङ एरिया कमिटी सचिव चेतन गुरुङले बताएका छन्‌‍। चेतन गुरुङले थप जनाए अनुसार, गोर्खा जन पुस्तकालयमा आयोजित बुधवारको सभामा पार्टीको प्रतिनिधिहरू सोनादा अनि मङ्पू क्षेत्रबाट पनि उपस्थित थिए। पार्टीले मूलभूत मुद्दा संगै जातीय मुद्दामाथि पनि विभिन्न कार्यक्रम गरिने तिनले बताएका छन्‌‍। पार्टीका डिष्ट्रिक्ट सेक्टरिएट मेम्बर सचिन खाती, डीवाईएफआई जिल्ला सह सचिव दीपा तामाङ अनि स्थानीय प्रतिनिधि नरेन प्रधानको पनि सभामा उपस्थिति थियो ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ