सिलगढ़ीमा गोर्खा विद्यार्थीहरुमाथि भएको घटनाको भाजपा महिला मोर्चाको भत्सर्ना

Share this news

खरसाङ, (निसं): सिलगढीको हाकिमपाड़ामा डुवर्सका गोर्खा विद्यार्थीहरुमाथि भएको घटना र अपशब्द प्रयोगबारे भारतीय जनता पार्टी महिला मोर्चाकी दार्जीलिङ जिल्ला समिति उपसभापति रोमा छेत्रीले पार्टी अनि संगठनको पक्षबाट घोर आपत्ति साथै भत्सर्ना जनाएकी छन्‌‍। तिनले ती महिलाहरूले विद्यार्थीहरूलाई विदेशीको लाञ्छना समेत लगाएको बताउँदै यसको कठोर भाषामा निन्दा प्रकट गर्दछु भनेकी छन्‌‍। यसले प्रमाण गर्छ, गोर्खाहरुमाथि हेरिने दृष्टिकोण अहिले पनि परिवर्तन भएको छैन। यसको मूल कारण राज्य सरकारको प्रशासनिक कमजोरी, असफलता र उदासीनता हो भनी छेत्रीले जनाएकी छन्‌‍। छेत्रीले भनेकी छन्‌‍, हामी साम्प्रदायिक सम्प्रीतिमा विश्वास गर्छौँ तर हामीलाई लगाएको विदेशीको लाञ्छना हामी मात्रै होइन कुनै सभ्य समाजले सहन गर्नु सक्तैन। देश रक्षा गर्ने प्रथम सेवक गोर्खा जातिमाथि सरकारको सकारात्मक दृष्टिकोण नभएको कारणले नै काँड़े तारबाट छिरेका विदेशीहरुले हामीलाई विदेशीको लाञ्छना लगाइरहेका छन्‌‍। देशको निम्ति मर्नेहरुले उल्टै विदेशी भनी लाञ्छना सहनु परिरहेका छन्‌‍। सरकार किन मौन छ? कार्यवाही किन हुँदैन? पीड़ितहरुले एफआइआर गरिसकेका छन्‌‍। बंगाल पुलिसले उचित कार्यवाही गरून्‌‍। हामी विदेशी होइनौँ हाम्रो इतिहास हाम्रो प्रमाण हो। घरिघरि हाम्रो भारतीय पहिचानमाथि शंकास्पद बयान गर्ने अधिकार कसैलाई छैन। जजसले हामीलाई बाहिरका भन्छन्‌‍ वास्तवमा उनीहरु नै बाहिरका हुन्‌‍ औ भोटको लागि राज्य सरकारले संरक्षण र मद्दत दिएर राखेका छन्‌‍। यो अविलम्ब बन्द हुनुपर्छ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ