राजनयीकको रुपमा मात्र नभएर 40 वर्ष देशको सेवा गरेपछि यहाँ आइपुगेको हुँः हर्षवर्धन श्रृंगला

Share this news

खरसाङ, (निसं): पूर्व राजदुत एवं राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले संसदमा आफ्नो प्रथम वक्तव्य ओपरेशन सिन्दुरको बारेमा राखेका छन्‌‍। तिनले आफ्नो वक्तव्य नेपाली, बंगाली अनि अंग्रेजी भाषामा राखेका थिए। संसदमा बोल्दै श्रृंगलाले राज्यसभाको निम्ति मनोनित गरेकोमा राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेद्र मोदीलाई धन्यवाद दिए। तिनले आफ्नो वक्तव्यमा एक राजनयीकको रुपमा मात्र नभएर 40 वर्षसम्म विभिन्न पक्षबाट देशको सेवा गरेकोमा यस स्थानमा आइपुगेको बताए। तिनले ओपरेशन सिन्दुरको बारेमा बल्दै भने, हामीले 7 मईको राति एउटा अतिनै सतर्कता अनि सुझबुझको साथमा पाकिस्तान अनि पाकिस्तान अधिकृत कश्मिरको आतंकवादी केन्द्रहरूमा प्रहार गऱ्यौँ। हामीले पाकिस्तानको छातीमा प्रहार गरेर 1 सय जति आतंकवादीहरूलाई माऱ्यौँ। मारिनेहरूमा राष्ट्र संघ सुरक्षा परिषदद्वारा मोस्ट वाण्टेडको लिस्टमा राखिएका आतंकवादीहरू पनि थिए। यसरी हामीले भारतको निम्ति मात्र काम गरेनौँ अन्तर्राष्ट्रिय समाजको निम्ति पनि काम गरेका छौँ। त्यस समय हामीले एआई क्षमतासम्पन्न उपग्रह अनि उच्च क्षमताको तक्निकीको प्रयोग गरेका थियौँ। यो हाम्रो निम्ति ठूलो उपलब्धि थियो, यसको निम्ति हाम्रा वैज्ञानिक अनि सेनालाई बधाई दिन पर्छ। यस कार्वाहीमा आतंकवादी केन्द्र बाहेक अन्य कुनै क्षति भएन। आतंकवादी केन्द्रको बाहिर एक जना पनि साधरण मानिसको ज्यान गएन। यसको निम्ति हामीले हाम्रो सेनाको प्रशंसा गर्न पर्छ। तिनले अन्तर्राष्ट्रिय कानुन अनुसार राष्ट्र संघ चार्टरको 51 अनुसूची अनुसार भारतलाई आफ्नो रक्षाको अधिकार रहेको जनाउदै भने, अपरेशन सिन्दुर हाम्रो एउटा शक्तिशाली सन्देश थियो। पाकिस्तान आतंकवादको पछाड़ी छ। श्रृंगलाले वर्तमानमा खाड़ी मुलुकका देशहरूसितको सम्बन्धमा सुधार आएको बताउदै भने, 10-15 वर्ष अघिसम्म खाड़ीदेशहरूसितको सम्बन्धमा सहजता थिएन, यसको कारण पाकिस्तान थियो। वर्तमानमा खाड़ी देशहरूसितको सम्बन्धमा धेरै परिवर्तन आएको छ। साउदी अरब, यमन अनि अन्य देशहरूसित सम्बन्ध सुमधुर बनेको छ। खाड़ी देशका नेताहरूसित प्रधानमन्त्री नरेन्द्र मोदीले जुन प्रकालले सम्बन्ध स्थापित गरे, यो त्यसको परिणाम हो। रक्षा, सुरक्षा र विदेश नीतिमा हामीले एकता देखाउन पर्छ, हामी एक रहनु पर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देश हर प्रकारको चिनौतीको सामना गर्न सक्षम छ। विकसित भारत बन्नको निम्ति हामी एकसाथ यात्रा तय गर्न चाहान्छौँ भने एक रहन पर्छ, एकता देखाउन पर्छ।

Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ