कलकत्ता उच्च न्यालयको बेञ्च क्याक्स ट्रिब्युनलको साथमा स्थापित गर्ने विष्टको माग

Share this news

खरसाङ, 23 जुलाई (निसं)ः दार्जीलिङ्का सांसद राजु विष्टले केन्द्रीय कानुन अनि न्याय मन्त्री अर्जुन राम मेघवालसित भेट गरेर दार्जीलिङ पहाड़, सलिगढ़ी, तराई, डुवर्स अनि सम्पूर्ण उत्तर बंगालको न्यायपालिकाको पूर्वाधार अनि न्याय प्रकियाको बारेमा चर्चा गरेका छन्‌‍। सांसद राजु विष्टले एक विज्ञप्तिमा जानकारी दिए अनुसार यस चर्चामा तिनले मन्त्रीसित यस क्षेत्रको निम्ति कलकत्ता उच्च न्ययलयको स्थायी बेञ्च दार्जीलिङ-सिलगढ़ी-जलपाईगढ़ी क्षेत्रमा आयकर अपिल न्याधिकरण (ट्याक्स ट्रिब्यूनल)को साथमा बसाउने माग गरेका छन्‌‍। विष्टले यस क्षेत्रमा कलकत्ता उच्च न्यालयको बेञ्च ट्याक्स ट्रिब्युनलको साथमा स्थापित गरिएको खण्डमा 3 कड़ोर मानिसहरूलाई लामो यात्राको झन्झटदेखि छुटकारा प्राप्त हुनेछ। उत्तर बंगाल क्षेत्रका मानिसहरूलाई सजिलै र समयमा न्याय प्राप्त गर्नको निम्ति सुनिश्चितता हुनेछ। वर्तमानमा वार्षिक 15 हजार लम्बित मामिला रहेको बताउदै विष्टले भनेका छन्‌‍, कलक्ता उच्च न्यालयलको स्थायी बेञ्च हाम्रो क्षेत्रमा स्थापित गरिएको खण्डमा द्रुत गतिमा र समयमा न्याय प्राप्त गर्न सुनिश्चित हुनेछ। विष्टले मन्त्रीसित दार्जीलिङ, कालेबुङ, खरसाङ अदालतको पूर्वाधारहरूको विकासमा पनि मन्त्रीको ध्यानाकर्षण गराएको बताउदै भनेका छन्‌‍, यी अदालतहरूको अघिबाटै रहेका बिल्डिङहरूको मरमति अनि बढ़ोत्तरी दशकौँदेखि गरिएको छैन। फलस्वरुप ती बिल्डिङहरू साँघुरो अनि पुराना सुविधा युक्त छन्‌‍। स्वच्छ अनि त्वरित न्यायीक प्रक्रिया सञ्चालन गर्नको निम्ति आधुनिक अनि कार्य क्षमता सम्पन्न पूर्वाधारहरूको आवश्यकता रहन्छ। विष्टले मन्त्रीसितको चर्चामा सिलगढ़ी कोर्टको शीघ्र विकास गर्नु पर्ने आवश्यकताको बारेमा पनि मन्त्रीलाई अवगतक गराएको जनाएका छन्‌‍। यसको अतिरिक्त विष्टले मन्त्रीसितको चर्चामा फास्ट ट्य्राक कोर्टको स्थापनि गर्ने अनि अन्यान्य विषयमा पनि चर्चा गर्दै माग गरेको बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ