लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

Share this news

खरसाङ: खरसाङका विधायक बीपी बजगाईँले सांसद राजु विष्टलाई लोकसभामा प्राइभेट मेम्बर बील ल्याउने सुझाउ दिएका छन्‌‍। सांसदले लोकसभामा प्राइभेट मेम्बर बील ल्याएको खण्डमा विभिन्न राजनीतिक दलहरूको समर्थन जुटाउन आफूले सहयोग गर्ने यसको निम्ति आफू सड़कमा निस्कने समेत बजगाईँले बताएका छन्‌‍। तिनले भनेका छन्‌‍, मैले प्राइभेट मेम्बर बील ल्याउदा पार्लियामेन्टमा पास हुन्छ, मैले प्राइभेट मेम्बर बील ल्याएर संसदमा ड्रामा गर्नु भनी सांसदले भन्दैछन्‌‍। यो ड्रामा होइन, जनतालाई झुक्याइएको पनि होइन। यो लोकतन्त्रको एक महत्वपूर्ण अभिन्न अङ्ग हो। प्राइभेट मेम्बर बील ल्याइएको खण्डमा बीलमा नम्बर लाग्छ, यो अनुमोदित हुन्छ, यसमाथि बहस हुन्छ, इतिसाह बन्छ, यस बीलले जनताको आकाङ्क्षालाई प्रतिनिधित्व गर्छ। विधायकले नेपाली भाषा मान्यता प्रक्रियाको उदाहण दिँदै भनेका छन्‌‍, 1991 मा तत्कालिन सिक्किमकी सांसद दिलकुमारी भण्डारीले पनि नेपाली भाषा मान्यताको मागको निम्ति लोकसभामा प्राइभेट मेम्बर बील ल्याएकी थिए, त्यसको दस्तवेज हामीसित उपलब्ध छ। सांसद भण्डारीले लोकसभामा प्राइभेट मेम्बर बील रणनीति र योजना पूर्वक ल्याएकी थिए। भण्डारीले धेरै सांसदहरूको समर्थन पनि जुटाएकी थिए। प्राइभेट मेम्बर बील सदनमा आउँदा सरकार अत्तालिएको थियो। यो बीलमाथि बहस पनि भयो, सरकारले मणिपूरी, कोङ्कणी र नेपाली भाषाको निम्ति सरकारी बील ल्याउने प्रतिश्रुति दिएपछि प्राइभेट मेम्बर बील फिर्ता लिन भनिएको थियो। त्यही प्राइभेट मेम्बर बीलबाट संसदमा आरम्भ भएको प्रक्रियाबाट नेपाली भाषाले संवैधानिक मान्यता पाएको हो। दिलकुमारी भण्डारीले त्यस समय ड्रामा गरेकी थिएनन्‌‍। त्यस समय नकारात्मक सोच राखिएको थियो भने नेपाली भाषाले मान्यता पाउँदैन थियो। बजगाईँले दावी गर्दै भनेका छन्‌‍, मैले सांसदलाई दुई वर्ष अघि नै प्राइभेट मेम्बर बील लोकसभामा ल्याउने सुझाउ दिएको थिएँ। मैले यसको निम्ति पूर्ण सहयोग गर्ने वचन समेत दिएको थिएँ। हो प्राइभेट मेम्बर बील सदनमा पास हुने सम्भावा कम रहन्छ। स्वतन्त्रतापछि अहिलेसम्म ल्याइएका हजारौँ बीलहरूमध्ये 13-14 वटा मात्र पास भएका रिकर्ड छ, तर यो असम्भव पनि होइन। सांसदले क्रश पार्टी समर्थन जुटाउन सक्नु पऱ्यो, दबाव सृजना गर्न सक्नु पऱ्यो। यदि काम गर्ने इच्छा राख्छन्‌‍ भने हामी क्रश पार्टी समर्थन जुटाउन सहयोग गर्नेछौँ। म आफै मैदानमा उत्रन्छु तर अघि बढ़न पऱ्यो। बील पास नहोल तर सदनमा बहस त हुन्छ, जनाकाङ्क्षा सदनमा आउछ, एउटा राजनीतिक मार्गको शुरुवात त हुन्छ। तिनले सकारात्मक सोच र उर्जा राखेर काम गर्ने सुझाउ सांसदलाई दिँदै पूर्व सांसद दिलकुमारी भण्डारीले यसै अनुरुप कार्य गरेको दावी गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ