सभासद नुरी शेर्पाद्वारा दिलरामको शान्ति गाउँको छड़्के भ्रमण

Share this news

सोनादा, 27 जून(निसं)ःअ टुंगो सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाद्वारा बिहीवार दिलरामको शान्ति गाउँको छड्के भ्रमण गरेका छन्। टुंग सन्तमेरिज समष्टि अन्तर्गत दिलाराम चियाबारीस्थित शान्ति गाउँमा निर्माण भइरहेको बाटोको जानकारी लिन बिहीवार उक्त क्षेत्रमा समष्टिका सभासद नुरी शेर्पाद्वारा छड्के भ्रमण गरिएको छ। दिलारामको शान्ति गाउँमा निर्माण भएको उक्त कालो अलकत्रे सडक अति नै राम्रो प्रकारले बनिएकोमा उक्त कार्यका एजेन्सीलाई हार्दिक धन्यवाद प्रकट गर्दै स्थानीय ग्रामवासीहरुलाई पनि सभासदले बधाई टक्राएका छन्। यसरी बुनियाँदी ग्रामीण विकासको कार्यमा अघि बढिरहेको टुंग सन्तमेरिज समष्टिभित्र थुप्रै विकासमूलक कार्यहरु भइरहेको तथा धेरै कार्यहरु भइसकेकोमा आफू एक जनप्रतिनिधिको रुपमा सन्तुष्ट नै रहेको सभासदले विचार व्यक्त गरेका छन्। सभासद नुरी शेर्पाद्वारा गरिएको छड्के भ्रमणमा सन्तमेरिज 1 ग्राम पञ्चायतका सदस्या रेणुका राई, स्थानीय भागोप्रमो प्रतिनिधिहरुमा रञ्जीप तामङ अनि अरुणा तामङ उपस्थित थिए भने अन्य स्थानीय प्रतिनिधिहरुसँग भ्रमणको अवधि सभासदसँग फोनमार्फत नै कुराकानी भएको छ बताइएको छ। यस अवसरमा सभासद नुरी शेर्पाले क्षेत्रको विकास नै हाम्रो मूल संकल्प रहेको अनि ’कर्म नै हाम्रो सिद्धान्त भन्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको भनाई छ यहाँ चरितार्थ भएको बताएका छन्।


Share this news
आजको रोजाइ
नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

पोख्रेबोङमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन

पोख्रेबोङमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन

ईआरजी दुरुपयोगको भरतले आरटीआई गर्ने

ईआरजी दुरुपयोगको भरतले आरटीआई गर्ने

बंगाल किसान कांग्रेसद्वारा डीएम-लाई ज्ञापन-पत्र

बंगाल किसान कांग्रेसद्वारा डीएम-लाई ज्ञापन-पत्र

दक्षता गुरूङ र वाङ्गे गुरूङको प्रस्तुति

दक्षता गुरूङ र वाङ्गे गुरूङको प्रस्तुति

समयमा नै बोनसको छिनाफाना गरिदिउन्

समयमा नै बोनसको छिनाफाना गरिदिउन्

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस