सन्तमेरिज 2 ग्राम पञ्चायत कार्यालयको नव निर्मित भवनको उद्घाटन

Share this news

सोनादा , (निसं): टुंग सन्तमेरिज समष्टि अन्तर्गत गरियो। खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री, समष्टि सभासद नुरी शेर्पा, सन्तमेरिज 2 ग्राम पञ्चायतका प्रधान सहदेव तामङ एवं अन्य विशिष्ट अतिथिहरुको उपस्थितिमा कार्यालयको नव निर्मित भवन विधिवत्‌‍ रुपमा उद्घाटन गरियो। सन्तमेरिज 2 ग्राम पञ्चायत कार्यालयले नव निर्मित भवन पाएकोमा हर्ष प्रकट गर्दै पञ्चायत प्रधानद्वारा सबै सबैप्रति आभार प्रकट गरिइएको छ। कार्यालयका विविध कार्यहरुको साथ अन्य सरकारी क्रियाकलापहरुमा सहज बन्ने अनि सुविधा हुने उपस्थित अतिथिहरुले मन्तव्य प्रकट गरेका छन्‌‍। उक्त उद्घाटन कार्यक्रममा सन्तमेरिज 2 ग्राम पञ्चायतका उप प्रधान प्रशंसा लेप्चा, पञ्चायत समिति कर्माध्यक्षद्वय बिरेन्द्र तामङ, भक्तिमान तामङ, पञ्चायत सदस्य-सदस्यागण, पञ्चायतका सचिव एवं कर्मचारीवृन्द, खरसाङ अभियन्त्रिकतामङ, समष्टिको साङ्गठनिक सचिव बिपन भूजेल, समष्टि जोनल सभापति वसन्त कुलुङ राई, समष्टि सदस्य एन्ड्रयु थापा, भागोप्रमो सन्तमेरिज अप्पर अनि लोवर शाखाका पदाधिकारीगण लगायत स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ