सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको ब्याण्डले कालेबुङ ब्याण्ड प्रतियोगितामा भाग लिने

Share this news

खरसाङ, (मोहन प्रसाद)ः खरसाङ्को सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको ब्यागपाइपर ब्याण्डले एक पल्ट पुन: कालेबुङ्को मेला ग्राउण्डमा आयोजना गरिने स्वतन्त्रता दिवसको उपलक्षयमा आयोजित ब्याण्ड प्रतियोगिता आफ्नो प्रस्तुति दिनेे भएको छ। उक्त विषयमा जानकारी दिँदै ब्याण्डलाई नेतृत्व गर्दै कालेबुङ गइरहेकी विद्यालयका शिक्षिका सुदेशना प्रधानले जनाए अनुसार, गत वर्ष पनि सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको ब्यागपाइपर ब्याण्डले कालेबुङ्को मेला ग्राउण्डमा आयोजित प्रतियोगितामा आफ्नो प्रस्तुति राखेको थियो भने यस वर्ष पनि स्वतन्त्रता दिवस समारोह आयोजक कमिटीको पक्षबाट एवं कालेबुङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष रवि प्रधानद्वारा निमन्त्रणा पाएपछि सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयका ब्यागगपाइपर ब्याण्डका 32 जनाको एउटा टोलीले आज 15 अगस्त स्वन्तत्रता दिवसको दिन सम्पन्न हुने कार्यक्रमको निम्ति कालेबुङ प्रस्थान गरिरहेको छ। तिनले थप जनाए अनुसार, कालेबुङ्मा स्वतन्त्र दिवसको उपलक्ष्यमा तीन दिवसीय भव्य विभिन्न कार्यक्रमको आयोजन हुने गर्छ भने 16 अगस्तको दिन विभिन्न स्कूलका ब्याण्डलाई लिएर एउटा ब्याण्ड प्रतियोगिता पनि हुनेछ। यसै ब्याण्ड प्रतियोगितामा भाग लिनको निम्ति शिक्षिका सन्त जोसेफ विद्यालयको ब्याण्ड टोली कालेबुङ प्रस्थान गरेको हो। शिक्षिकाले 2003 देखि सन्त जोसेफ विद्यालयको ब्याण्ड आरम्भ गरिएको र वर्तमानसम्म विद्यालयको ब्याण्डले विभिन्न कार्यक्रम अनि प्रतियोगिताहरूमा अंशग्रहण गरिसकेको जनाए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ