भक्तजनको आस्थाको केन्द्र शिव मन्दिर सोचनीय अवस्थामा

Share this news

खरसाङ, 19 जुलाई (निसं)ः खरसाङ नगरपालिकाको वार्ड नम्बर 5 स्थित मध्य डुमाराममा रहेको धेरै मानिसहरूको आस्थाको केन्द्र शिव मन्दिर सोचनीय अवस्थामा रहेको छ। यो मन्दिरको धरातल दबिएकोले यहाँ स्थापित गरिएको शिवलिङ्ग ढल्किएको अवस्थामा रहेको पाइएको छ। मन्दिरको छानुमा लगाइएका काटहरू पनि मक्किएर भाँचिएको अवस्थामा पाइएको छ। धेरै वर्ष अघि स्थापित गरिएको यो शिव मन्दिर श्रद्धालु भक्तजनको देखरेख र सहयोगमा सञ्चालित रहेको छ। स्थानीय भक्तजनले यस मन्दिरमा बिहान-बेलुका पूजा-पाठ, धुप-दीप गर्ने गरेका छन्‌‍ भने साउन महिनाको सोमवार यस मन्दिरमा शिव भगवानको पूजा गर्ने अनि शिवलिङ्गमा जल चड़ाउनेहरूको निकै भीड़ लाग्ने गरेको पाइएको छ। स्थानीयहरूले बताए अनुसार, यस स्थानमा एक जना शिवभक्त माताले शिव लिङ्ग स्थापित गरेकी थिइन्‌‍। पछिबाट 2007 दिलु मुखिया अनि तिनका परिवारका सदस्यहरूले आफ्नो स्वर्गीय ठूली आमा मिन्चु मुखियाको स्मृतिमा मन्दिर निर्माण गरेका हुन्‌‍। मन्दिर निर्माणपछि यो स्थानीय मानिसहरूको निम्ति एउटा आस्थाको केन्द्र बनेको छ। यहाँ प्रत्येक वर्ष शिवरात्रीमा पूजा, रुद्री पाठ, हवनादिको कार्यक्रम स्थानीय संघ-संस्थाहरूले आयोजना गर्ने गरेका छन्‌‍। शिव मन्दिरको छेवैमा एउटा देवी मन्दिर पनि रहेको छ भने यसको छेवैमा एउटा बरको रुख पनि रहेको छ। शिव मन्दिरमा पूजा गर्न आएका भक्तजनले देवी मन्दिरमा पनि दर्शन गर्ने गरेका छन्‌‍ अनि छेवैको बरको फेदमा धुप-बत्ती बालेर पूजा गर्ने गरेका छन्‌‍। यस मन्दिरको देखरेख नियमित गर्ने एक व्यक्तिले मन्दिरको अवस्ता सोचनीय बनेकोमा दुःख प्रकट गर्दै मन्दिरको जीर्णोद्धारको निम्ति जीटीए प्रमुख कार्यपाललाई सहयोग मागिएको बताए। तिनले मन्दिरको जीर्णोद्धारको निम्ति मुख्य कार्यपालबाट सहयोग प्राप्त हुने विषयमा आफूहरू आशावादी रहेको पनि तिनले बताए। तिनले मन्दिरको जीर्णोद्धारको निम्ति सहयोग प्राप्त भएको खण्डमा वर्तमानमा मान्दिर माथिबाट रहेको बाटोलाई मन्दिर मुनिबाट बनाउने योजना रहेको पनि बताए। स्थानीय एक व्यक्तिले भने, गाउँमा मन्दिर रहँदा गाउँको रौनकता नै अलग हुन्छ। यहाँको शिव मन्दिर स्थानीय मानिसहरूको आस्थाको केन्द्र बनेको छ। यस मान्दिरमा स्थानीय मानिसहरूका साथै माथिल्लो डुमाराम, कटलेरी पाखाबाट पनि भक्तजन शिव भगवानको पूजा र दर्शनको निम्ति आउने गरेका छन्‌‍। यो मन्दिर वर्तमानमा दबिएर ढल्किएको अवस्थामा छ। यसको जीर्णोद्धारको निम्ति गाउँका मानिसहरूले प्रयास गरिरहेका छन्‌‍।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ