शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

Share this news

पङ्खाबारी,18 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, पङ्खाबारी-लङ्भ्यू-अम्बटे समष्टिको एउटा सभा शुक्रवार गाड़ीधुरा सार्वजनिक भवनमा समष्टि सभापति मणिराज डुम्जनको अध्यक्षतामा सम्पन्न भयो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई पार्टीको केन्द्रिय समिति सदस्य एवम्‌‍ सन्त मेरिज तीन ग्राम पञ्चायत उपप्रधान सन्तोष तामाङ, भागोप्रमो खरसाङ महकुमा समिति प्रवक्ता अनुप रामुदामु, लङ्भ्यू पञ्चायत समिति सदस्य मौसम तामाङ आदिले सम्बोधन गरेका थिए। सभामा आगामी 27 जुलाई शहीद दिवस यसपल्ट पनि समष्टि स्तरमा लङ्भ्यूको शहीद वेदीमा गरिने जानकारी गराए। वक्ताहरूले शहीदहरूको त्याग र बलिदानलाई भागोप्रमोले सदैव स्मरण र सम्मान गर्ने बताउँदै आज जुन व्यवस्था प्राप्त भएको त्यसबाट पनि जनताको हितमा कार्य भइरहेको बताए। तिनीहरूले त्यस शहीद दिवसको दिन समष्टिका सबैलाई उपस्थित रहेर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिदिने आग्रह गर्दै यसको निम्ति शाखाका प्रतिनिधिहरूले आफ्नो भूमिका निर्वाह गरिदिने अनुरोध गरे। वक्ताहरूले शहीदहरूको परिवार मध्ये पनि कत्तिले न्याय नपाएको उल्लेख गर्दै तर अनित थापाको नेतृत्वले अवश्य नै एकदिन सबैले उचित न्याय पाउने बताए।

Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ