विद्युत आपूर्ति अनियमितताबारे स्टेशन प्रबन्धकलाई ज्ञापन-पत्र

Share this news

पेशोक, 4 जुलाई(निसं):अहिले सबै क्षेत्रमा विद्युत आपूर्तिमा निक्कै अनियमितता देखिने गरेको छ। जब खाना खाने बेला हुन्छ तब बिजुली जाने गर्छ भने कुनै बीमारी भएको खण्डमा यस्तो भए बिरामी सँगै अन्य मानिसहरुले पनि यस समस्याको सामना गर्न परिरहेको घटना तकलिङ्ग क्षेत्रका मानिसहरु बताउँछन्। यस्तै समस्याहरुदेखी वाक्क दिक्क बनेका तकलिङ्ग वासीहरुको पक्षमा तकलिङ्ग क्षेत्रका सचेत युवा समूह तक्लिंग युवा खेलकूद समितिले उक्त समस्याहरु बारे बुझ्न तक्दाह क्याण्टोनमेण्ट स्थित विद्युत विभागको कार्यालयमा पुगेर स्टेशन प्रबन्धक पाल्देन लामासित भेट गर्‍यो । प्रबन्धक लामासंग भेट गरेर विद्युत आपूर्तिमा अनियमितता भईरहन्छ भनेर समितिले  जान्न चाहँदा अहिले तक्दाह ,टिस्टाभेल्ली , कम्जेट आदि क्षेत्रहरुमा मर्मत्तीको कार्य भईरहेको अनि कतिपय क्षेत्रमा काठको पोल हटाएर फलामको पोल जडान गरिने कार्य भईरहेको कारण विद्युत आपूर्तिको समस्या आएको बताए । यस प्रकारको कार्य भईरहे अघावै जानकारी साझा गरिदिए आम मानिसहरु सचेत बन्ने थिए भन्दै आ-आफ्नो क्षेत्रमा यस्ता अनियमितता भए समन्धित निकायसंग वा टोल फ्री नम्बर-मा सम्पर्क गरेर कम्प्लेन दर्ता गर्न सकिने जानकारी गराए । तक्लिङ युवा खेलकुद समितिका सभापति रंजीत तामङ अनि सचिव सुकदेन लेप्चाको नेतृत्वमा गएको टोलीसंग स्टेशन प्रबन्धक पाल्देन लामाले सौहार्दपूण भेट गर्दै उनीहरुको समस्याहरुलाई सुने भने समितिको तर्फबाट क्षेत्रवासीको विद्युत उपभोक्ताहरुको हस्ताक्षर भएको एक ज्ञापन पत्र पनि बुझाए। विद्युत अनियमितताको समस्या तक्लिङ क्षेत्र मात्र नभएर धेत्र क्षेत्रहरुमा भईरहेको अनि मानिसहरु बाट गुनासोहरु पनि प्राप्त भएको जनाउदै विशेष उपभोक्ताले समय अनुसार आफ्नो घरमा बिजुलीद्वारा चल्ने घरायसी समानहरु राख्ने गरे तापनि विद्युत जडान अवधि  नयाँ समानको जानकारी गराए विभाग विजुली खपत बारे अवगत हुने अनि 25 केवीको ट्रान्सफर्मर-को साटो अर्को ट्रान्सफर्मरको व्यवस्था गर्न सकिनेबारे अवगत गराए । लामाले उपभोक्ताले टोल फ्री नम्बरमा फोन गर्न सक्ने बताए। उनले बिजुलीको एलटी लाईन गड्बडी देखरेख गरे तापनि एसटी लाईनको गड्बडी रहेको खण्ड्मा माथिलो तहले हेर्ने बताउदै दार्जीलिङ डिभिजनल कार्यालयमा जान सक्ने सुझाव दिए। समितिको टोलीले भेट्घाट राम्रो रहेको बताए । क्षेत्रमा विद्युत आपूर्ति ठप्प हुनु भनेको कति ठूलो समस्या हो भन्ने सबै अवगत भएको बताउदै यसबारे स्टेशन प्रबन्धक पाल्देन लामाले सकारात्मक सुझाव वा आश्वासन दिएको टोलीका सदस्यहरुले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ