विभिन्न समस्यालाई लिएर विद्यार्थी महासंघद्वारा जीटीए प्रमुख अनित थापालाई ज्ञापन पत्र

Share this news

तीनधारे, (निसं)ः अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको प्रतिनिधि टोली दार्जिलिङ्को लालकोठी पुगेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई भेटेर विभिन्न समस्याहरु विषयमा ज्ञापन पत्र बुझाएका छन्‌‍। उक्त प्रतिनिधि टोलीले जीटीए प्रमुख अनित थापा र स्वास्थ्य विभागको कार्यकारी निर्देशकसित भेट गरी घैयाबारी अस्पतालमा फार्मसिस्टको अभाव विषयमा अवगत गराउँदै ज्ञापन दिन्दै फार्मसिस्टको अभावले जनसाधारण समस्यामा परेको र यस विषयमा झट्टै पहल गर्दै घैयाबारी अस्पतालमा एकजना फार्मसिस्टको नियुक्त गरिदिने निवेदन गरेका छन्‌‍। घैयाबारी अस्पतालमा एकजना फार्मसिस्टको अभावले दबाई वितरणमा समस्या भईरहेको साथै जनसाधारणलाई धेरै असुविधा भईरहेको विषयमा जीटीए प्रमुखको ध्यानाकर्षण गराएका छन्‌‍। त्यसरी नै तीनधारेमा निर्माण गरिएको विद्यालय भवन तेसै परिरहेकोले उक्त भवनको पनि प्रयोग गरिदिने विषयमा जीटीए प्रमुख अनित थापा र शिक्षा विभागको कार्यकारी निर्देशकलाई भेटेर ज्ञापनपत्र बुझाएका छन्‌‍। तीनधारेको राजबारीमा नयाँ स्कूल भवन प्रयोगविहीन रहेकोले कुनै स्कूल यहाँ सञ्चालन हुन सके राम्रो हुने भएको विषयमा पनि जीटीए प्रमुख अनित थापा र विभागीय अधिकार समक्ष ध्यानाकर्षण गराएका छन्‌‍। त्यसरी नै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको आयोजनामा आगामी 23 अगस्तको दिन समष्टि स्तरीय भाषा मान्यता दिवस समारोह पालन गर्दै दशौँ र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्बर्ध्दना जनाइने भएको छ। यस विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानले बताएका छन्‌‍। उनले मंगलबार अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको नयाँ कमिटी दार्जिलिङ पुगेर जीटीए प्रमुख अनित थापासित भेटघाट गरेर परिचय आदान प्रदान गरिएको जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ