वार मेमोरियल बनाउने माग

Share this news

तीनधारे, (निसं): भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओ र वरिष्ठ नागरिक कल्याण संगठन घैयाबारीद्वारा देश रक्षामा शहीद भएका शहीदहरुलाई सम्झना गर्दै घैयाबारी क्षेत्रमा वार मेमोरियल बनाउन पहल शुरु गरिएको छ। दुवै संगठनले वार मेमोरियल घैयाबारीको झुम डाँडा परिसरमा बनाउन पहल गरिरहेका छन्‌‍। यसै ठाउँमा कारगिल एनजीओ र वरिष्ठ नागरिक कल्याण संगठनले 79 औं स्वतन्त्रता दिवस समारोह पनि पालन गरेका छन्‌‍। झुम डाँडा परिसरमा नै दुवै संस्थाले मिलेर राष्ट्रिय झण्डा उत्तोलन गरेर स्वतन्त्रता दिवस पालन गर्दै यस ठाउँमा वार मेमोरियल बनाउन जीटीए प्रमुख अनित थापालाई पनि अनुरोध गरेका छन्‌‍। केही समय अघि कारगिल एनजीओ र वरिष्ठ नागरिकहरुले जीटीए प्रमुख अनित थापा समक्ष घैयाबारीमा वार मेमोरियल बनाउन अनुरोध गरेका थिए र जीटीए प्रमुखले पनि ठाउँ हेर्नु बनाई दिन्छु भनेकोले दुवै संस्थाले मिलेर घैयाबारीको झुम डाँडामा वार मेमोरियल बनाउन अनुरोध गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मणिकुमार छेत्री, दिलप्रसाद छेत्री र अर्जुन योञ्जनले घैयाबारी क्षेत्रमा पनि एउटा भ्यु पोइन्ट हुनु पर्ने र यसको लागि घैयाबारीको झुम डाँडामा वार मेमोरियल बनाउन जीटीए प्रमुख अनित थापा समक्ष अनुरोध गरेका छन्‌‍। उनीहरुले देश रक्षामा शहीद भएका शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न साथै सम्झनामा राख्नलाई घैयाबारीमा वार मेमोरियल बनिनु पर्ने आह्वान्‌‍ गरेका छन्‌‍। विशेष गरेर जीटीए प्रमुख अनित थापाले वार मेमोरियलको लागि जमीन हेर्नु भनेकोले घैयाबारीको झुम डाँडा उपयुक्त रहेको भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओ र वरिष्ठ नागरिक कल्याण संगठन घैयाबारीद्वारा बताइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ